अलिपुरद्वारमा युवतीको दुष्कर्मपछि हत्या, आक्रोशित गाउँलेहरूद्वारा एसियन राजमार्ग अवरुद्ध

IMG-20250122-WA0170

अलिपुरद्वार:  मुख्यमन्त्रीको जिल्लामा आगमनकै अवधिमा अलिपुरद्वारमा दुष्कर्म र हत्याको घटना बाहिर आएको आएको छ। मुख्यमन्त्रीको अलिपुरद्वार भ्रमणको क्रममा जिल्लाको दलसिंहपाडा क्षेत्रमा २२ वर्षीया मयुवतीको दुष्कर्मपछि हत्या भएको आरोप लागेको छ। अभियुक्तलाई सजायको माग गर्दै गाउँलेहरूले एसियन राजमार्ग अवरुद्ध गरे। पीडित परिवारको आरोप छ कि स्थानीय युवा बब्लु तेलीले मृतक पीडितलाई मन पराउँथे। सोमबार, बब्लु तेलीले पीडितको बाटो रोके र उनको मोबाइल फोन खोसेको आरोप छ। मंगलबार राति करिब ११ बजे आरोपीले युवतीलाई मोबाइल फिर्ता गर्ने बहानामा फोन गरेको भनाइ छ। परिवारले उनलाई बब्लु तेलीले दुष्कर्म गरेको र त्यसपछि हत्या गरेको आरोप लगाएको छ। दिनभरि बेपत्ता भएपछि, मध्यराततिर चिया बगानको झाडीमा युवतीको शव फेला परेको थियो। अभियुक्त बबलु तेलीलाई जयगाउँ पुलिस चौकीको पुलिसले पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement