तीनधारे क्षेत्रका गाउँहरू पञ्चायत चुनावबाट वञ्चित

IMG-20220903-WA0157.jpg

यसपाली पञ्चायत चुनावमा भोट हाल्नु पाउनु पर्ने मांगमा क्षेत्रीय सभासदद्वारा पहल

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे क्षेत्रमा रहेको कतिवटा गाउँका मानिसहरूले पञ्चायत चुनावमा भोट हाल्न पाएका थिएनन्। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईमा पर्ने तीनधारेको कतिवटा गाउँरूका मानिसहरूले पञ्चायत चुनावमा भोट हालेर आफ्नो जनप्रनिधि चुन्न पाएका छैनन्। भोट हाल्न नपाएपछि कतिवटा गाउँका मानिसहरू पञ्चायत सदस्यविहीन रहेका थिए। विगत २००० सालमा भएको अन्तिम पञ्चायत चुनावमा तीनधारेका कतिवटा गाउँका मानिसहरूले पञ्चायत चुनावमा भोट हाल्न नपाएको जानकारी प्राप्त भएको छ। विशेष गरी घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारेको शंकर निवास र गोलाई पाखा गाउँमा कुनै पञ्चायत सदस्यहरू नरहेको जानकारी प्राप्त भएको छ। त्यसरी नै तीनधारेको क्रिकेट बजार, १७ माइल, माझी गाउँ र गैरी गाउँका आशिंक भागका मानिसहरूले विगतको पञ्चायत चुनावहरूमा भोट हाल्न नपाएको जानकारी प्राप्त भएको छ। यी गाउँहरूमा रेलवेको क्वाटरहरू रहेको र ती क्षेत्रहरूमा बसोबासो गर्ने मानिसहरू पञ्चायत चुनावदेखि वञ्चित रहनु परेको स्थानीयहरूले बताएका छन्। यी गाउँरूका आधा भागले भोट हाल्ने आधाले भोट हाल्न नपाएको गुनासो अघि आएको छ। यसै परिप्रेक्ष्यमा यसपाली पञ्चायत चुनाव भएको खण्डमा घैयाबारी ग्राम पञ्चायत अन्तर्गत पर्ने तीनधारेका सबै गाउँरूका मानिसहरूले भोट हाल्न पाउनु पर्ने मांग उठ्न थालेको छ। पञ्चायत चुनाव भएको खण्डमा तीनधारेको सबै गाउँरूका मानिसहरूले भोट हाल्न पाउनु पर्ने आवाज उठ्न थालेको छ। यसै विषयलाई ध्यानमा राखेर तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले यसपाली पञ्चायत चुनाव भएको खण्डमा तीनधारेको सबै गाउँहरूले पञ्चायत चुनावमा भोट हाल्नु पाउनुपर्छ भनी पहल शुरु गरेका छन्। उनले आफु सभासद हुनु अघि नै विगत अप्रेल महिनादेखि नै तीनधारे क्षेत्रको सबै गाउँहरूका मानिसहरूले भोट हाल्न पाउनु पर्ने मांगमा कार्य थालिएको बताएका छन्। यस विषयमा क्षेत्रीय सभासद नवराज छेत्रीले जीटीएको प्रमुख कार्यपाल अनित थापालाई जानकारी गराउँदै ज्ञापन दिएका छन्। त्यसरी नै हिज मात्र खरसाङ खण्ड विकास अधिकारीसित पञ्चायत चुनावलाई लिएर अल पार्टी मिटिङमा उपस्थित हुँदा खरसाङ खण्ड विकास अधिकारीलाई पनि यस विषयमा ज्ञापन दिएको बताएका छन्। यसै विषयलाई लिएर सभासद छेत्रीले पहल गरिरहेका छन् र यसपाली हुने पञ्चायत चुनावमा जसरी पनि सबैले भोट हाल्न पाउनु पर्ने मांग गरेका छन्। हालाकि प्राप्त जानकारी अनुसार विगत २०१६ मा पञ्चायत चुनाव हुने सम्भावना देखिएको समय तीनधारेको ती गाउँहरूले भोट हाल्न पाउने भनेर नोटिफिकेशन प्रकाशित भएको र यसपाली भोट हाल्न पाउने सम्भावना रहेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement