नयाँ दिल्ली: भारतका पूर्व क्रिकेटर सौरभ गांगुलीले गत केही महिनाहरूमा टेस्ट क्रिकेटमा खराब फर्म रहे पनि विराट कोहलीको खुलेर प्रशंसा गर्दै उनलाई जीवनमा एकपल्ट प्राप्त हुने क्रिकेटर बताएका छन्। गांगुलीले कोहलीको तुलना मिताली राज र झूलन गोस्वामीसँग गरे। पूर्व भारतीय कप्तानले ३६ वर्षीय भारतीय ब्याटरको भरपूर प्रशंसा गर्दै उनलाई सेतो बलको प्रारूपमा यस खेलको सबैभन्दा महान खेलाड़ी बताए। गांगुलीले भने, विराट कोहली जीवनमा एकपल्ट प्राप्त हुने क्रिकेटर हुन्। झूलन (गोस्वामी) र मिताली (राज) जस्तै। करियरमा ८० वटा अन्तर्राष्ट्रिय शतक बनाउनु अविश्वसनीय कुरा हो। उल्लेखनीय छ, कोहलीले वनडे इण्टरनेशनलमा ५० वटा शतक बनाएका छन्, जुन सचिन तेन्दुलकर (४९)-को भन्दा एउटा अधिक हो। उनी वनडे र टी२० इण्टरनेशनल क्रिकेटको इतिहासमा तेस्रो सर्वाधिक रन बनाउने खेलाड़ी हुन्।
कोहलीले अष्ट्रेलियाविरुद्ध बोर्डर-गावस्कर ट्रफीमा ९ वटा ईनिंग्समा केवल १९० रन बनाएका थिए। उनको फर्म देखेर गांगुली पनि आश्चर्यचकित छन्। उनले भने, पर्थमा शतक बनाएपछि उनको ब्याटिंग देखेर म आफै पनि आश्चर्यचकित भएँ। अष्ट्रेलिया आउन अघि उनी संघर्ष गरिरहेका थिए तर पर्थमा शतक बनाएपछि यो उनको निम्ति ठूलो सीरीज रहने सोचेको थिएँ तर खेलमा यस्तो हुन्छ। विश्वका हरेक खेलाड़ीको आफ्नै कमजोरी र ताकत हुन्छ। विश्वका महान बलरहरूविरुद्ध खेल्ने आफ्नो कमजारीहरूलाई ताकत बनाउनु जरूरी हुन्छ। गांगुलीले अझ भने, कोहलीमा अझ धेरै क्रिकेट बाँकी छ। उनको निम्ति ईंग्ल्याण्ड यात्रा ठूलो चुनौती हुनेछ। च्याम्पियन्स ट्रफीमा चाहिँ उनको फर्मलाई लिएर म चिन्तित छुइनँ कारण उनी सेतो बलको सर्वश्रेष्ठ खेलाड़ी हुन् अनि यसलाई उनको आँकड़ाले नै स्पष्ट गर्छ।