अवैध कल सेन्टरमा‌ छापा मार्दा तीनजना पक्राउ

Feature-Image-2-1024x576

सिलगढी: वेबल आईटी पार्क फेज-३ मा एसओजी र माटिगडा पुलिस थानाले संयुक्त अपरेशन गरी अवैध कल सेन्टर पर्दाफास गरेको छ। टुर एण्ड ट्राभलको नाममा अवैध कल सेन्टरमार्फत विदेशीलाई विभिन्न किसिमको प्रलोभन दिई ठगी गर्ने गरेको छ। यस अवैध कल सेन्टरको सूचना पाएलगत्तै एसओजी र माटिगडा थानाले वेबल आईटी पार्क फेज-३ मा संयुक्त अपरेशन गरी त्यहाँबाट तीन जनालाई पक्राउ गरेको हो। आरोपीहरूको पहिचान कोलकाता निवासी रणधीर सिंह, झारखण्डका बबलु मोदी र इस्लामपुर निवासी राणा प्रताप बर्मनको रूपमा गरिएको छ। ‘प्राइड सोलुसन’ नाममा टुर्स एण्ड ट्राभल्स दर्ता गरी कल सेन्टर सञ्चालन भइरहेको पुलिस अनुसन्धानले देखाएको छ। तर यथार्थमा यहाँबाट विशेषगरी विदेशमा फोन गरेर स्वास्थ्य बीमा, कर्जा र अन्य प्रलोभन दिएर ठगी भइरहेको छ। सोधपुछका क्रममा तीनैजना कल सेन्टरमा काम गर्ने र यस कल सेन्टरको मालिक अर्कै भएको खुलासा भएको छ। कल सेन्टरबाट धेरै कम्प्युटर र टेलिफोन बरामद गरिएको छ।
पुलिसले तीनै जनाविरुद्ध ठगी मुद्दा दर्ता गरी अहिले साइबर टोलीको सहयोगमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयास गरिरहेको छ। अभियुक्तलाई बुधबार सिलगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement