सिलगढी: सिलगढीमा एउटी युवतीसित दुर्व्यवहार गरेको सनसनीपूर्ण घटना प्रकाशमा आएको छ। यो घटना सिलगढीको माटिगडा थाना क्षेत्रको हो। घटनामा संलग्न रहेको आरोपमा महिला पुलिसले एक जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तको नाम विशाल साहनी हो। उनी माटिगडा थाना अन्तर्गतको खोलाईबारी क्षेत्रका बासिन्दा हुन्। स्रोतका अनुसार विशाल साहनीको २० वर्षीया युवतीसँग मित्रता थियो। उनले मित्रताको आडमा युवतीलाई जनवरी ९ को दिन भेट्न माटिगडा क्षेत्रमा बोलाएको आरोप छ। युवती भेट्न आएपछि विशालले उनलाई बन्धक बनाए। त्यसपछि उनले बालिकालाई दुई दिनसम्म यौन दुर्व्यवहार गरेको आरोप छ।
तेस्रो दिन आरोपीको चंगुलबाट भागेर बालिका घर पुगे र परिवारलाई आफ्नो व्यथा सुनाइन्। त्यसपछि पीडित परिवारले महिला पुलिस थानामा घटनाबारे लिखित उजुरी दिएका थिए। त्यसपछि महिला पुलिसले फरार अभियुक्तलाई माटिगडा खोलाई बस्तीबाट पक्राउ गरेको हो। आरोपीलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।









