गान्तोक: ओडिसा राज्यको कोनार्कमा आयोजित तीन दिवसीय तेस्रो नेश्नल माइनिङ मिनिस्टर कन्फ्रेन्समा राज्यका वन विभाग मन्त्री पिन्छो नामग्याल लेप्चाले सहभागिता जनाए। तीन दिवसीय उदघाटन कार्यक्रममा केन्द्रीय मन्त्री जी किसान रेड्डी, उडिसाका मुख्यमन्त्री मोहन चरण माझी रहेका थिए। सो कार्यक्रममा उडिसाका मुख्यमन्त्री मोहन चरण माझी मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने महाराष्ट्रका उपमुख्यमन्त्री, बिहारका उपमुख्यमन्त्री लगायत ११ वटा राज्यका खनिज खनिज मन्त्रीहरुले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यका मन्त्री पिन्छो नामग्याल लेप्चाले सिक्किम राज्यको खनिज स्रोतहरू र भूगर्भको संकट स्थितिमा रहेको प्रकृतिबारेमा जानकारी गराए, जसले अधिक मात्रमा खनिज निकासी गर्न नसक्ने अवस्थारहेको बताए। यद्यपि सिक्किम राज्यका केही खनिजहरू जस्तै डिक्चुमा आधारभूत धातुहरू, नाम्चीमा कोइला र विरपिरका क्षेत्रहरूको लागि केही उपयुक्त दिगो अभ्यासहरू फेला पार्न सकिने सम्भावना व्यक्त गरे। मन्त्री लेप्चाले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पठाएको शुभकामना पठन गरेर सुनाए। यो बैठक उत्तरपूर्वी राज्यहरूका लागि खानीमा मात्र नभई यसको सबै सरोकारवालाहरूमा पर्ने प्रभावबारेमा जानकारी साझा गर्ने र सिक्ने अनुभव रहेको अवगत गराए।