२३ जनवरीमा सालिग अनावरण गरिने
खरसाङ: खरसाङ महकुमा अन्तर्गत घैयाबारीको अप्पर गैरी गाउँमा १४ फिटको गुरु रिम्पोर्छेको सालिग अनावरणको लागि घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको आयोजनामा प्राण प्रतिष्ठासितै पूजा अर्चना गरेर भर्ने काम चलिरहेको छ। उक्त गुरु रिम्पोर्छेको सालिग आगामी २३ जनवरीको दिन पूजा अर्चना गरेर उदघाटन गरिने भएको छ। उक्त गुरु रिम्पोर्छेको सालिग अनावरणको लागि गत १७ जनवरीदेखि नै पूजा अर्चना र प्राण प्रतिष्ठासितै सुङ्ग, जुङ्ग र साङ्ग गरेर सालिगभित्र भर्ने कार्य गरिएको छ। यसको साथै अब सालिगभित्र भरेर तयार पारेर आगामी २३ जनवरीको दिन पूजा अर्चना गरेर उदघाटन गरिने भएको छ। आगामी २३, २४ र २५ जनवरीमा यहाँ पूजा अर्चना गरिने छ। यस अवसरमा २५ जनवरीमा वाङ वितरण गरिने भएको जानकारी प्राप्त भएको छ। गुरु रिम्पोर्छेको सालिग सालिगमा प्राण प्रतिष्ठासितै सुङ्ग, जुङ्ग र साङ्ग गरेर भरेर अनुहार पनि खोलिने भएको जानकारी प्राप्त भएको छ। पत्रकारहरुसित कुराकानी गर्दै घुम गुम्बाको लामा म्हेम्हे छिरिङ वाङ्गेल घिसिला र सुखे निवासी लामा छितेनले घैयाबारीमा गुरु रिम्पोर्छेको सालिग (कु) स्थापनाको महत्व र यो स्थापनाले धेरै राम्रो हुने र धार्मिक स्थलको रुपमा विकसित हुने जानकारी गराएका छन्। दुवैले यसको महत्व विषयमा जानकारी गराएका छन्। यस सालिगको उदघाटन साथै पूजा अर्चना कार्यक्रम घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको आयोजनामा आगामी २३, २४ र २५ जनवरीमा भव्य पूजा अर्चना गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त तीन दिवसीय पूजा अन्तर्गत २४ जनवरीको दिन वाङ वितरण गरिने कार्यक्रम सम्पन्न हुने भएको छ। उक्त गुरु रिम्पोर्छेको सालिग निर्माण गर्नलाई गुरुजी मिङमा पासाङको दिशा निर्देशनमा गरिएको बताइएको छ। यहाँ गुरु रिम्पोर्छेको सालिग स्थापनासितै घैयाबारी क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकसित गरिने साथै यस क्षेत्रको शान्ति मानव रक्षाको लागि स्थापना गरिएको बताइएको छ।

उक्त गुरु रिम्पोर्छेको सालिग अनावरण विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको सल्लाहकार बिशान लामाले घैयाबारी बुध्द बुध्दिष्ट एसोसिएसनको आयोजनामा घैयाबारीको अप्पर गैरी गाउँमा गुरु रिम्पोर्छेको सालिग स्थापनासितै घैयाबारी क्षेत्रलाई धार्मिक स्थलको रुपमा विकसित गरिने योजना रहेको बताउँदै उक्त सालिगलाई आगामी २३ जनवरीमा प्राण प्रतिष्ठासितै शिलान्यास गरिने भएको जानकारी गराएका छन्। दुवैले यसको लागि आगामी २३, २४ र २५ जनवरीमा तीन दिन दिवसीय पूजा हुने भएको र सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्।