तीनधारेमा क्रिकेट टुर्नामेन्ट शुरु

IMG-20250121-WA0230

उदघाटन खेलमा एजेएससी चम्पासरी सजिलै बिजय

खरसाङ: तीनधारेको सत्र माइल क्षेत्रका युवाहरुको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा बुधाबारदेखि क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। यस क्रिकेट टुर्नामेन्टको उदघाटन खेल एजेएससी चम्पासरी र पानीघट्टामाझ सम्पन्न भएको छ। १५-१५ ओभरको यस खेलमा पानीघट्टाले टस जितेर पहिला फिल्डिङ रोजेकोले चम्पासरीदेखि पहिले ब्याटिङ्ग गर्दै १२ ओभर ३ बलमा ९७ रन बनाएर अल आउट भएको थियो। ९८ रनको लक्ष्यलाई खेदो गर्दै पानीघट्टाले ११ ओभर २ बलमा केवल ५६ रन मात्रै बनाउन सकेको थियो। यस खेलमा चम्पासरी ४१ रनले सजिलै बिजय भएर क्वाटर फाइनलमा‌ प्रवेश गरेको छ। यस खेलमा तीन विकेट र २८ रन पनि बनाउने चम्पासरीको दिपक गुप्ता म्यान अफ् द म्याच चयन भएका छन्‌। अब बिहीबार हुने दुईवटा खेलहरुमा पहिलो गाडीधुरा र मेथीबारी अनि अर्को खेल कोपरा र जंगपानामाझ सम्पन्न हुने भएको छ। यस खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै स्थानीय सचिन रिजालले विस्तृत रुपमा जानकारी गराएका छन्। तीमधारेको सत्र माइल युवाहरूको तर्फबाट असीत राईले जानकारी गराए अनुसार यस क्रिकेट टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरु आएका छन् र यसको फाइनल खेल आगामी ५ फरवरीमा हुने भएको छ। उनले बताए अनुसार यस क्रिकेट टुर्नामेन्टको विजेतालाई ट्रफीससहित तीस हजार रुपियाँ र उप विजेतालाई ट्रफीससहित बीस हजार रूपियाँ साथै तेस्रो स्थानलाई छ हजार, चौथो स्थानलाई चार हजार रुपियाँ प्रदान गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement