असम र मेघालयका केही भागमा ४.१ म्याग्निच्युडको भूकम्प

Earthquake-Signal-copy

शिलोंग: नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार, मेघालयको साउथ वेस्ट खासी हिल्स क्षेत्रमा मंगलबार दिउँसो ४.१ म्याग्निच्युडको भूकम्प आएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो। यो भूकम्प स्थानीय समय अनुसार दिउँसो १२:३४ बजे आएको बताइएको छ। भूकम्पीय गतिविधि केवल मेघालयमा सीमित नरही असम र पश्चिम बङ्गालका केही भागमा पनि हल्का झट्का महसुस गरिएको छ, जसले त्यहाँका बासिन्दाहरूमा केही चिन्ता उत्पन्न गरेको छ। एनसीएसले सामाजिक सञ्जाल एक्समा यस घटनाबारे जानकारी दिँदै लेखेको छl अहिलेसम्म कुनै क्षति वा मानव हताहतको खबर आएको छैन। तर, प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन र सम्भावित परकम्पको लागि तयारी अवस्थामा रहन सुझाव दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement