१८औं सुकना गोल्ड कपः यादगार जीतको साथ सेमिफाइनलमा पुग्न सफल सुकना युनाइटेड

photocollage_202512118044793

सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित प्रतिष्ठित सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १८औं संस्करणमा सुकना युनाइटेड फूटबल क्लबले यादगार जीतको साथ सेमिफाइनलमा प्रवेश गऱ्यो। जीटीए (गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन) युवा मामिला एवम् खेलकुद विभागको सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत मंगलवार सुकना हाई स्कूल मैदानमा खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा सुकना युनाइटेडले एटीएस, कलकत्ताविरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। मध्यान्तरसम्म १ गोलले पछि रहे पनि सुकना युनाइटेडले दोस्रो हाफमा ३ गोल गरी म्याच जित्यो। विजेता टीमको तर्फबाट राजीव मुण्डाले ५६औं र ७२औं मिनटमा २ गोल गरे। यसबाहेक अन्य एउटा गोल विभास सावरियाले ६२औं मिनटमा गरे। यसरी एटीएसको तर्फबाट राजदीप साहाले चौथो मिनटमा गोल गरे। विजेता टीमका राजीव मुण्डाले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। यस म्याचको साथै टुर्नामेण्टको सेमिफाइनल समीकरण पनि तयार भयो। बुधवार खेलिने पहिलो सेमिफाइनलमा जलपाइगढ़ी पुलिस र रोलिंग क्लब (नेपाल)-बीच भिड़न्त हुनेछ। यसरी दोस्रो सेमिफाइनल बिहीवार कालेबुङ पुलिस र सुकना युनाइटेड फूटबल क्लबबीच खेलिनेछ।

टुर्नामेण्टको १८औं संस्करणमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ जनवरीमा खेलिनेछ। १८औं सुकना गोल्ड कप फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement