अगरतला(त्रिपुरा): असम राइफल्सले पश्चिम त्रिपुराको अगरतलाको सालबागान क्षेत्रमा ६० हजार याबा ट्याबलेट जफ्त गरेको छ।अन्तरराष्ट्रिय बजारमा यसको मूल्य १२ करोड़ रुपियाँ रहेको अनुमान लगाइएको छ।
यस मामिलामा बामुटिया गाउँका कनाई दास (३६) औ रंगुटिया गाउँका किशन कुमार सरकार (३२)- लाई पक्राउ गरियो। जफ्त गरिएको नशालु पदार्थसितै आरोपीहरूलाई अग्रिम कारबाहीको लागि राजस्व गुप्तचर निदेशालय (डीआरआई)- लाई सुम्पिइएको छ।असम राइफल्सले क्षेत्रमा नशालु पदार्थहरूको तस्करीलाई रोक्नको लागि आफ्ना प्रयासहरूलाई जारी राख्ने संकल्प लिएको छ।