काेलकत्ता: भारतीय पेस बलर मोहम्मद शमी १४ महिनापछि राष्ट्रिय टीममा फर्किन तयार छन् अनि उनको भनाइअनुसार, खेलाड़ीको मनमा देशको निम्ति खेल्ने दृढ़संकल्प रहे चोट-आघातको समस्याले पनि रोक्न सक्दैन। शमीले अन्तिमपल्ट भारतीय टीमको निम्ति नोभेम्बर २०२३-मा आईसीसी वनडे वर्ल्ड कपको फाइनलमा खेलेका थिए। त्यस टुर्नामेण्टको अवधि नै उनको देब्रे खुट्टामा चोट लागेको थियो अनि उनले पछिबाट चोटबाट मुक्ति पाउन सर्जरी गराउनु परेको थियो। यस साल चोटमुक्त भएर घरेलु क्रिकेटमा फर्किने शमी अहिले ईंग्ल्याण्डविरुद्ध टी२० सीरीजको साथ अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन पनि तयार छन्। उनलाई च्याम्पियन्स ट्रफीको निम्ति पनि टीममा चयन गरिएको छ। बंगाल क्रिकेट एसोसिएशनद्वारा आयोजिक कार्यक्रममा शमीले एकजना खेलाड़ीमा देशको निम्ति खेल्ने भोक कहिले समाप्त हुनु हुँदैन भने। टीमसँग नेटमा अभ्यास शुरुगरिसकेका शमीले भने, देशको निम्ति खेल्ने भोक कहिले समाप्त हुनु हुँदैन। देशको निम्ति खेल्ने भोक रहे दशपल्ट चोट लागे पनि खेलाड़ीले मैदानमा फर्किएर देखाउन सक्छन्। यो भोक कहिले समाप्त हुनु हुँदैन। यसैकारण म जतिसक्दो धेर देशको निम्ति खेल्न चाहन्छु कारण एकपल्ट क्रिकेट खेल्न छोड़े पनि म फेरि मैदानमा फर्किन सक्ने छुइनँ।
शमीले ईडन गार्डन्समा अण्डर-१५ महिला क्रिकेटहरूका निम्ति एसोसिएशनद्वारा आयोजित सम्मान समारोहको अवधि भने, आफ्नो राज्य या देशको प्रतिनिधित्व गर्ने खेलाड़ीले चोट लागेपछि कहिले पनि खेल्न छोड़्ने सोच्दैनन्। चोट लागेपछि त्यस खेलाड़ीको लक्ष्य चाँड़ै फिट भएर खेलमा फर्किने हुन्छ। यो भावना सबैमा हुनु पर्छ। सम्मान समारोहमा पूर्व क्रिकेटर सौरभ गांगुली, पूर्व महिला कप्तान मिताली राज र झूलन गोस्वामी पनि उपस्थित थिए। बंगाल क्रिकेट टीमका पेस बलिंग प्रशिक्षक शिव शंकर पालले पनि शमीको गत वर्ष प्रतिस्पर्धी क्रिकेटमा फर्किने कहानी बयान गरे। पालले भने, साधारणत पेस बलरहरूलाई चोटबाट मुक्त हुन अधिक समय लाग्छ। शमीमा प्रतिस्पर्धी क्रिकेटमा फर्किने भोक थियो अनि म्याचको दिन पनि खेल सकिएपछि उनी केही समय बलिंग गर्न चाहन्थे। घरेलु टी२० म्याचहरूको अवधि पनि उनी टीमका अन्य सदस्यहरू भन्दा धेरै अघि मैदानमा पुग्थे। कुनै कुनै दिन त बिहान ६ बजी नै मैदानमा पुगिसकेको हुन्थे। मैले त उनलाई दिनमा केवल एकपल्ट भोजन गरेको पनि देखेको छु। शमीलाई बिरयानी खानु मन पर्छ तर खेलमा फर्किने भोकले गर्दा उनले गत २ महिनादेखि एकपल्ट पनि बिरयानी खाएका छैनन्।









