महाकुम्भ संगममा राज्यपालले गरे स्नान एवं पूजा अर्चना

n64845295417373966296500dfce8613d7b7b8ffaee5ebc681b77e81c332ab10c1e23e35e799fbdc093e58d

गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज प्रयागराजमा महाकुम्भ २०२५ को पावन अवसरमा संगममा स्नान गरे अनि देशवासीहरूको समृद्धि र खुशीको निम्ति प्रार्थना गरे। राजभवनले आज उक्त जानकारी विज्ञप्तिमा दिएको छ।
यस महत्वपूर्ण अवसरमा राज्यपालले भारतीय संस्कृति र आध्यात्मिक धरोहरको सम्मान गर्दै राजभवन परिवारका सदस्यहरू र श्रद्धालुहरूसॅंग संगममा डूबकी लगाए। यस क्रममा राज्यपालले श्री बड़े हनुमानजी मन्दिरमा पनि पूजा अर्चना गरे।
राज्यपालले महाकुम्भलाई समाजमा एकता, समर्पण र आत्मशुद्धिको प्रतीक बताए। उनले भने, देश विदेशका करोड़ौं श्रद्धालुहरूको आस्थासॅंग जोडिएको महाकुम्भबाट हाम्रो भारतीय संस्कृतिको महत्ताको अनुभव गर्ने अवसर प्राप्त हुन्छ। यो उत्सव हाम्रो देशको विविधता र एकताको प्रतीक हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement