नाम्चीमा चिफ मिनिस्टर वान माईल रन

IMG-20250120-WA0305

गान्तोक: माघे मेलाको सातौं दिनको अवसरमा नाम्चीमा चिफ मिनिस्टर वान माइल रन आयोजना गरियो। यस प्रतियोगितामा विशेष गरेर १२-१५ वर्षका किशोर किशोरीहरूको निम्ति २१ किलोमिटरको हाफ म्याराथन दौड आयोजना गरिएको थियो भने ६० वर्ष भन्दा अधिकका ज्येष्ठ नागरिग महिला र पुरूष दुवैको निम्ति वाकाथन आयोजना गरिएको थियो। राज्यको खेलकूद एवम युवा मामिला विभागद्वारा आयोजना गरिएको यस प्रतियोगितामा राज्य, राष्ट्रीय र अन्तराष्ट्रीयस्तरमा भाग लिइसकेका धावकहरूले पनि सहभागिता जनाएका थिए। सो प्रतोयगितामा पुरूषवर्गमा केली भोटिया प्रथम भए भने रोहित राई दोस्रो र प्रतिक छेत्रीले तेस्रो स्थान ओगटन सफल बने। सोही प्रकारले महिलावर्गमा सोहीनी लिम्बू प्रथम, दिपशिखा प्रधान दोस्रो र रिया तामाङ तेस्रो भएकी छन्। पुरूषवर्गमा हाफ म्याराथनमा रविवा गुलिया प्रथम, पंकज कुमार दोस्रो र अब्रह्म किप तेस्रो भएका छन् भने महिलावर्गमा मुन्नीदेवी प्रथम, बाबली बर्मा दोस्रो र रेनु सिंह तेस्रो बनिन्। वाकाथनमा लालमान सुब्बा प्रथम भएका छन्भने यसरी नोर्ब छिरिङ भोटिया दोस्रो र शिवलाल खुलाल तेस्रो भए। आजको कार्यक्रममा दक्षिण जिल्लाकी जिल्ला अध्यक्ष अञ्जिता राजालिम मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने विधायक मदन सिञ्चुरी विशिष्ट अतिथिकोरूपमा रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement