जोरथाङ माघे मेलाको समापन कैलाश खेरको दमदार सांगीतिक कार्यक्रमसंगै हुने

IMG-20250120-WA0302

गान्तोक: गत १४ जनवरीका दिन शुरु भएको ऐतिहासिक जोरथाङ माघे मेलाको समापन भोलि हुने भएको छ। विभिन्न रङ्गारङ सांस्कृतिक कार्यक्रमसहित अनेक गतिविधिका साथ आयोजन भइरहेको मेलाको समापन अवसरमा ख्यातिप्राप्त पदम्श्री पुरस्कारले सम्मानित गायक कैलाश खेरले रात्रिकालीन गायन प्रस्तुति दिने कार्यक्रम रहेको छ। सिक्किमबाट प्राप्त निमन्त्रणालाई स्वीकार गर्दै गायक खैर आज जोरथाङ आइपुगेक छन्। उनको आगमनमा माघे मेला आयोजक समितिका प्रमुख संरक्षक एवम् समष्टि विधायक मदन सिञ्चुरीले सम्मान, अभिनन्दन गर्दै न्यानो स्वागत गरे। विधायकसँग सम्माननीय मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, समष्टि अध्यक्ष राजेश राई लगायत अन्य सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement