गान्तोक: हिजो राति यहाँको देउरालीस्थित छोर्तेन गुम्बा अघि सड़क छेउमा पार्क गरिएर राखिएका वाहनहरूमा आगो लाग्दा जम्मा तीनवटा वाहनलाई क्षति पुगेको छ। फायर स्टेशन गान्तोकका डेपुटी चिफ फायर अफिशरले दिएको जानकारीअनुसार सदर थानाबाट राति करिब ११ बजी घट्नाको जानकारी प्राप्त भएको थियो।
प्राप्त जानकारीअनुकार आगलागी एउटा एसके ०४ जेड ०३२२ नम्भरधारी टोयटा इनोभा वानहको पछिल्ला भागबाट शुरु भएको थियो। पछि छेवैमा पार्क गरिएका दुईवटा वाहन स्वीफ्ट डिजायर (एसके ०१ टी २४८६) र महेन्द्र स्कर्पियो (एसके ०७ पी ५५५५) मा पनि आगो सल्किएको थियो। इनोभा 80 प्रतिशत जति जलेको छ भने स्वीफ्ट डिजायर ८०-९० प्रतिशत र स्कर्पियो करिब ३० प्रतिशत जलेको छ। स्वीफ्ट डिजायर र स्कर्पियोमा सम्पर्क नम्भर नभएकोले तत्काल हटाउन नसकिएकोले ती वाहनहरूलाई आगोले क्षति पुऱ्याएको बताइन्छ।
आगालागीको कारण बारे अहिले नै कुनै ठोस प्रमाण हात नलागेको अग्नीसमन विभागका अधिकारीले बताए। घट्नामा कसैको जनसम्पत्तिको भने क्षति भएको छैन।