रिषभ पन्त बने लखनऊ सुपर जायण्ट्सको कप्तान

IMG-20250120-WA0300

नयाँ दिल्ली: आईपीएल-को २०२५ सीजन अघि लखनऊ सुपर जायण्ट्स (एलएसजी)-ले विकेटकीपर ब्याटर रिषभ पन्तलाई टीमको कप्तान नियुक्त गऱ्यो। फ्रेञ्चाइजीका मालिक सञ्जीव गोयंकाले यस खबरको पुष्टि गरेका छन्। यसअघि शनिवार पन्तलाई आईपीएल २०२५ अघि एलएसजी-को कप्तान नियुक्त गरिने सम्भावना रहेको खबर अघि आएको थियो। पन्त गत वर्ष जेद्दामा भएको लिलामीमा आईपीएलको इतिहासमा सबैभन्दा महँगो खेलाड़ी बनेका थिए। उनलाई एलएसजी-ले २७ करोड़ रुपियाँमा किनेको थियो। अब उनी केएल राहुल, निकोलस पूरन र क्रुणाल पाण्ड्यापछि आईपीएलमा एलएसजी-को चौथो कप्तान बन्नेछन्। आईपीएल २०२२ र २०२३-को सत्रमा प्लेअफ्-मा स्थान बनाएपछि एलएसजी-ले २०२४-मा पहिलोपल्ट प्लेअफ्-मा स्थान बनाउन सकेको थिएन। दिल्ली क्यापिटल्सको नेतृत्व गरेपछि पन्त दोस्रोपल्ट आईपीएल टीमको कप्तान बन्न तयार छन्। एलएसजी-मा पन्तले मुख्य प्रशिक्षक जस्टिन लेंगरसँग मिलेर काम गर्नेछन्। आईपीएलको गत सीजनमा केएल राहुल एलएसजी-को कप्तान थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement