दार्जीलिङ: लामा गाउँ वेलफेयर सोसाइटी, दार्जीलिङको त्तत्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टमा मानेभञ्ज्यांग फूटबल क्लबले फाइनलमा स्थान बनायो। सोमवार भएको पहिलो सेमिफाइनल म्याचमा मानेभञ्ज्यांग फूटबल क्लबले रेड पाण्डा फूटबल क्लब (सिक्किम)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट बिरेन प्रधानले १ गोल गरे। अन्य एउटा गोल आत्मघाती (यासुप राई) रह्यो। यसरी रेड पाण्डाको तर्फबाट कुञ्जमान थापाले गोल गरे। बिरेन प्रधानले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमहरूले हिस्सा लिएको छ। फाइनल २६ जनवरीमा हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।