चुनभट्टीमा भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250120-WA0280

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको शाखा पसौं अभियानलाई लिएर भईरहेको सांगठनिक सभा अन्तर्गत आज चुनभट्टीमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्या पुष्पकुमारी प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, तीनधारे महानदी समष्टिको सचिव एंव समष्टि सचिव नवराज छेत्री, तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई आदिले वक्तव्य राखेका थिए। सभामा वक्ताहरुले भागोप्रमोको सांगठनिक गतिविधि साथै चुनभट्टी शाखाको विषयमा चर्चा परिचर्चा गर्दै वक्तव्य राखेका थिए।‌ सभामा विशेष गरेर चुनभट्टी शाखा विषयमा चर्चा परिचर्चा गर्दै चुनभट्टी शाखा र ६ वटा प्रशाखाहरु झट्टै एक हप्ताभित्र गठन गर्नु पर्ने समष्टि कमिटीले निर्देशन दिएको जानकारी प्राप्त भएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान र सांगठनिक सभा अन्तर्गत आज चुनभट्टी शाखामा सांगठनिक सभा सम्पन्न भएको बताएका छन्। उनले समष्टिकाे शाखा पसौं अभियान र सांगठनिक सभा लगातार रुपमा चल्ने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement