गान्तोक: १६औं वित्त आयोगका अध्यक्ष अरविन्द पनगढ़ियाले सोमबार सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग टाशिलिङ सचिवालयमा भेट गरे। सिक्किम राज्य सरकारसँग आयोगको आधिकारिक छलफल अघि बैठक आयोजना गरिएको थियो। पनगढ़ियासँगै आयोगका सदस्यहरू र वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए।