सिलगढी शहरमा लुटपाटको योजनाको शंकामा चार जनालाई पक्राउ

Aressted-2

 सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको भक्तिनगर पुलिस चौकीको पुलिसले सिलगढी शहरमा लुटपाटको योजना विफल पारेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा आइतबार राति भक्तिनगर पुलिसले छापा मारेर चार जना अपराधीलाई पक्राउ गरेको छ। सिलगढी पुलिस कमिश्नरेटको भक्तिनगर पुलिस चौकीका पुलिस स्रोतका अनुसार आइतबार राति अपराध रोकथाम शाखालाई सेवक रोडस्थित पीसी मित्तल बस टर्मिनस क्षेत्रमा करिब एक दर्जन संदिग्धशहरू भेला भएको सूचना प्राप्त भयो। गोप्य स्रोतबाट यो जानकारी पाउने बित्तिकै पुलिसले तुरुन्तै कारबाही शुरु गर्यो। तर, पुलिस कारबाहीको खबर पाएपछि केही भाग्न सफल भए तर चार जनालाई पुलिसले समात्यो। पक्राउ पर्नेहरूको नाम परिमल घोष, राम दास, रवि प्रधान र विक्की नाग बताइएको छ। पक्राउ परेकाहरूमध्ये परिमल घोषको घर इस्कोन मन्दिर क्षेत्रमा छ। रामदासको घर खोला चाँदफरी क्षेत्रमा छ। रवि प्रधानको घर छोटा फापरी क्षेत्रमा बताइएको छ। विक्की नागको घर दुर्गानगर कोलोनीमा बताइएको छ। पक्राउ परेका व्यक्तिहरूबाट लुटपाटमा प्रयोग भएका विभिन्न उपकरणहरू बरामद गरिएको बताइएको छ। पक्राउ परेका व्यक्तिहरूसँग सोधपुछ गरेपछि उनीहरूले सेवक रोडमा लुटपाट गर्ने योजना बनाएको पुलिसले थाहा पाएको भनाइ छ। यसबाहेक पक्राउ परेका अभियुक्तहरूसँग सोधपुछ गरी फरार भएकाहरूको नाम र ठेगाना खोजी शुरु गरिएको छ। भक्तिनगर पुलिसले सोमबार पक्राउ परेका चार जनालाई जलपाईगढी अदालतमा पेश गर्‍यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement