जीटीए प्रमुख अनित थापाद्वारा सर्वेक्षणको निर्देशन
खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर आज खरसाङमा सरकारी तौरमा सभा सम्पन्न भएको छ। उक्त प्रशासनिक सभा खरसाङ नगरपालिकाको वार्ड नम्बर एकदेखि बीस नम्बर वर्षसम्मका हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर सम्पन्न भएको छ। उक्त सभा खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। सभामा विशेष गरेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा, कार्यकारी निर्देशक सामदेन डुक्पा, खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, डेपुटी म्याजिस्ट्रेट लाडेन लेप्चा, खरसाङ नगरपालिकाको ईओ कैलाश पाण्डे, एफओ पासाङ याङ्जी शेर्पा, सभासद श्याम शेर्पा लगायत अन्यहरु र लाभार्थीहरु उपस्थित रहेका थिए। उक्त सभालाई खरसाङ नगरपालिकाको बडाबाबु सुरेन कटुवालले सञ्चालन गरेका थिए। सभामा खरसाङ नगरपालिकाको ईओ कैलाश प्रसादले सभा राख्नुको उद्देश्य र औचित्य विषयमा पल प्रकाश पारेका थिए। सभामा कार्यकारी निर्देशक सामदेन डुक्पाले सारकारी नियम रहेको र कतिपय तक्निकी कारणले गर्दा ढिलाई भएको हुन सक्ने जानकारी गराउँदै जीटीए र खरसाङ नगरपालिकाको संयुक्त पहलमा यो कार्य गरिने जानकारी गराएका छन्। सभामा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले हाउजिङ फर अल योजनाको लाभार्थीहरुले कुन कुन सालमा कति कति पैसा पाए सम्पूर्ण विवरणहरु विषयमा जानकारी गराएका छन्। सभामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले लाभार्थीहरुको लागि बोल्नु जायज हो र बोल्ने अधिकार सबैकोमा छ भन्दै भागोप्रमोले बोल्ने माहोल बनाएको बताएका छन्। उनले नगरपालिकाले पनि सठीक रुपमा काम गरेको हुनुपर्छ भन्दै विरोध गर्न पाउँछन् सबैको अधिकार हो तर सिस्टम अनुसार बोलेको राम्रो हो भनी बताएका छन्। अनित थापाले हाउजिङ फर अल योजनाको पुन: सर्वेक्षण गर्ने निर्देशन दिएका छन्। उनले हाउजिङ फर अल योजनाको सर्वेक्षणपछि सठीक रिपोर्ट आएपछि उक्त रिपोर्टको आधारमा सरकारसित कुा गर्ने बताएका छन्।

थापाले रिपोर्ट आएपछि राज्यको सम्बन्धित मन्त्री र मुख्यमन्त्री समक्ष पनि कुरा राख्ने अनि लाभार्थीहरुको अघर बनाउन नपाएको पैसा दिलाउने आश्वासन दिएका छन्। उनले नगरपालिकाले काम गरेन भने महकुमा प्रशासन छ अनि अझैं भएन भने म यही छु र म सदैव सहयोग गर्नलाई तयार रहेको साथै आवश्यक परेमा भेट्नु सक्ने पनि बताएका छन्।