हामीले शुरुदेखि नै मृत्युदण्डको माग गर्दै आएका छौं: मुख्यमन्त्री ममता ब्यानर्जी

IMG-20250120-WA0225

 मालदा: आफ्नो जिल्ला भ्रमणको क्रममा मालदा पुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज आरजी कर मुद्दामा दोषी ठहरिएका सञ्जय रोयलाई दिइएको सजायप्रति निराशा व्यक्त गरेकी छिन्। उनले भनिन्, ‘म यो निर्णयको बारेमा तपाईं पत्रकारहरू मार्फत मात्र जानकारी प्राप्त गर्दैछु, मलाई अहिलेसम्म यसको बारेमा पूर्ण विवरण प्राप्त भएको छैन। तर हामीले शुरुदेखि नै मृत्युदण्डको माग गर्दै आएका छौं। यदि यो मुद्दा पुलिसको हातमा भएको भए, र जबरजस्ती सीबीआईलाई नदिएको भए, दोषीलाई मृत्युदण्डको सजाय पक्कै हुने थियो।‘ उनले भनिन्, ‘पछिल्ला तीन वटा घटनामा राज्य पुलिसले ५५ देखि ६० दिन भित्र दोषीहरूलाई पक्राउ गरेको छ। यस मुद्दामा पनि हाम्रो पूर्ण प्रयास अपराधीलाई मृत्युदण्डको सजाय सुनिश्चित गर्ने थियो, तर के तर्क प्रस्तुत गरियो भनेर सीबीआईले मात्र भन्न सक्छ। म यो सजायबाट सन्तुष्ट छुइनँ, तर अदालतले प्रमाण र साक्षीहरूको आधारमा निर्णय दिन्छ। यदि फाँसी दिइएको भए, पीडितलाई न्याय भएको महसुस हुने थियो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement