- महाकुम्भ २०२५ मा नमामि गङ्गे मण्डप
नयाँ दिल्ली: महाकुम्भ २०२५ मा भारत सरकारको जलशक्ति मन्त्रालयद्वारा स्थापित नमामि गङ्गे मण्डपले नमामि गङ्गे कार्यक्रममा केन्द्रित एउटा सूचनात्मक प्रदर्शनी प्रस्तुत गर्दछ। यस पहलले गङ्गा नदीको संरक्षण र कायाकल्पका लागि प्रौद्योगिकी, सामुदायिक सहभागिता र स्थिरता एकीकृत गर्दछ। नमामि गङ्गे मण्डपले स्थानीय समुदायको आर्थिक विकासलाई बढावा दिँदै महत्त्वपूर्ण परिस्थितिकी तन्त्रलाई संरक्षित गर्ने कार्यक्रमको प्रयासलाई आलोकित गर्दछ। यसले भारतको पवित्र नदीको दीर्घकालिक संरक्षणको उद्देश्यका साथ युक्तिपूर्ण कार्यलाई बुझ्ने अवसर प्रदान गर्दछ।

भगवान शिवको बालुवा कलामा प्रभावशाली चित्रण, जसमा एकातिर शुद्ध जल र अर्कातिर प्रदूषित जलको चित्र बनाइएको छ भने यो पर्यावरणीय जिम्मेवारी र गङ्गा नदीलाई स्वच्छ राख्ने मर्मस्पर्शी अनुस्मारक हो। नदीको किनारा र वरिपरीका भवनहरूको गूढ विवरणका साथ बनारसका प्रतिष्ठित घाटहरूका आकर्षक लघु मोडलद्वारा प्रस्तुत गरिएको छ।

नेशनल बुक ट्रस्टको (एनबीटी) रीडिङ कर्नर, पुस्तक प्रेमीका साथै गङ्गा अनि यसको महत्त्वबारे जानकारी जुटाउन चाहने यात्रीहरूका लागि एउटा आश्रय स्थल हो।

कैलाश पर्वतमाथि भगवान शिवको रङ-बिरङ्गी प्रकाशले जगमगाउँदो प्रतिमा तथा हिमालयका वनस्पतिहरूको जीवन्त प्रदर्शन दर्शाइएका छन्।

“गङ्गाको बाघ”का रूपमा जानिने गङ्गा नदीको डल्फिन माछाको प्रतिकृतिले स्थानीय वन्य जीवन प्रदर्शित गर्दै मण्डपमा गर्वका साथ खडा देखिन्छ।

गङ्गा नदीको विविध माछाका प्रजातिलाई शैक्षिक उद्देश्य अनि संरक्षण प्रयासका लागि प्रदर्शित गरिएका छन्।

भारत सरकारको जलशक्ति मन्त्रालयद्वारा “जल नै जीवन हो”को नाराले जल जीवन मिशनको सारलाई सुन्दरतापूर्वक प्रदर्शित गर्दछ।
खादी उत्सव
भारत सरकारको सूक्ष्म, लघु एवं मध्यम उद्यम मन्त्रालय (एमएसएमई) द्वारा आयोजित महाकुम्भ २०२५ मा खादी इण्डिया मण्डपले खादीमाथि ध्यान केन्द्रित गर्दै स्थानीय शिल्प, वस्त्र अनि स्वदेशी उद्योगहरूमा भारतको समृद्ध विरासतलाई दर्शाउँदछ। मण्डप परम्पराले स्थिरता अनि शिल्प कौशलको एकिकरणमाथि प्रकाश पार्दछ, जसले एकतालाई प्रवर्द्धन गर्न साथै सांस्कृतिक मूल्यलाई संरक्षित गर्नमा खादीको भूमिकाबारे गहन जानकारी प्रदान गर्दछ। महाकुम्भ मेलाको ऐतिहासिक पृष्ठभूमिमा स्थापित यसले स्थानीय उद्योग अनि दिगो प्रथालाई बढावा दिनका लागि भारतको प्रतिबद्धतालाई उजागर गर्दछ।

प्रयागराजमा खादी उत्सव प्रदर्शनीमा खादीप्रति भारतको प्रेम र प्रधानमन्त्री नरेन्द्र मोदीको “भोकल फर लोकल” पहल अन्तर्गत यसको परिवर्तनकारी यात्रालाई प्रदर्शित गरिएको छ।

सूक्ष्म, लघु एवं मध्यम उद्यम मन्त्रालयद्वारा आयोजित खादी उत्सवले प्रदर्शनीमा प्रवेश गर्ने आगन्तुकले स्थानीय शिल्प कौशल र विरासतको उत्सव मनाउँदैछन्।


१४ जनवरीदेखि २६ फरवरीसम्म भारतको प्राचीन विरासत र दिगो, स्थानीय रूपमा निर्मित उत्पादलाई बढावा दिने प्रतिबद्धतालाई सम्मान गर्न सामेल बन्नुहोस्। यस अवसरले स्थिरता अनि सांस्कृतिक संरक्षणलाई कायम गर्दै स्थानीय उद्योगहरूलाई बढावा दिनका लागि राष्ट्रको प्रतिबद्धतामाथि जोड दिन्छ। -पीआईबी
सन्दर्भ:
सूचना एवं जनसम्पर्क विभाग (डीपीआइईआर), उत्तर प्रदेश सरकार










