हाम्रो स्वाभिमान पश्चिम बङ्गाल समितिले प्रतिनिधिहरू हरिद्वार पठाउने

IMG-20250120-WA0201

सिलगढी: हाम्रो स्वाभिमान ट्रस्ट, पश्चिम बङ्गाल राज्य समितिले हरिद्वारमा आयोजित चारदिवसीय प्रशिक्षण शिविरमा प्रतिनिधिहरू पठाउने भएको छ। पतञ्जलीका प्रमुखद्वय बाबा रामदेव अनि आचार्य बालकृष्ण संरक्षित हाम्रो स्वाभिमान ट्रस्टले योग र आयुर्वेदसङ्गै नेपाली भाषा-साहित्य र संस्कृतिको संरक्षण गर्ने कार्यमा खुबै सक्रियरुपमा काम गरिरहेको छ। यही क्रममा नै चारदिवसीय प्रशिक्षण शिविरको आयोजन गरेको हो। यो शिविरमा प्रतिनिधिहरू पठाउने सन्दर्भमा पश्चिम बङ्गाल राज्य समितिको सभा सिलगढी अवस्थित राज्य समितिको कार्यालयमा समितिकी प्रमुख श्रीमती कुमारी निरौलाको अध्यक्षतामा आइतबार  सभा बस्यो।  सभाको प्रारम्भमा समितिको पक्षबाट कोषाध्यक्ष सुश्री करूणा छेत्री र उपाध्यक्ष श्रीमती लक्ष्मीले नयाँ सदस्यहरू इन्द्र प्रधान र मीना नायरलाई स्वागत जनाइन्।  उक्त सभामा छलफल गरी पश्चिम बङ्गाल राज्य समितिले १५ जना प्रतिनिधिहरू पठाउने निर्णय गरियो। यो टोलीलाई समितिकी सचिव सुश्री मणि थापाले नेतृत्व गर्नेछिन्। यी प्रतिनिधिहरू शिविरबाट फर्केपछि सभाको आयोजन गरिनेछ। जसमा प्रतिनिधिहरूले शिविरमा प्राप्त गरेका उपलब्धि र जानकारी समितिका अरू सदस्यहरूमाझ साझा गर्न पर्ने निर्णय पनि सभामा पारित गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement