टेस्लाका सीईओ एलोन मस्कले असम्भव देखिने कार्य पूरा गर्ने जिम्मेवारी लिन्छन्। चाहे त्यो चालकविहीन कार होस् वा प्रक्षेपण पछि रकेटलाई प्रक्षेपण प्याडमा फिर्ता ल्याउने होस्। यसमा उनी सफल पनि भएका छन्। मस्कले यस्तै एउटा असम्भव देखिने कार्य पूरा गर्ने प्रस्ताव गरेका छन्। यो ट्रान्स-एट्लान्टिक सुरुङ निर्माण गर्ने प्रस्ताव हो। लगभग ५००० किलोमिटर लामो यो सुरुङ न्यूयोर्क र लण्डनको बीचमा समुन्द्रमुनि निर्माण गर्ने प्रस्ताव गरिएको छ। विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कले आफ्नो बोरिङ कम्पनीले यो सुरुङ निर्माणको काम पूरा गर्न सक्ने बताएका छन्। बेन्जिङ्गाको रिपोर्टअनुसार, मस्कले अनुमानित लागत (२० ट्रिलियन डलर) भन्दा १००० गुणा कम लागतमा यो काम गर्नसक्ने बताएका छन्। यसअनुसार, एलोन मस्कले यो सुरुङ केवल २० अर्ब डलरमा बनाउन सक्छन्। यस अनुसार, एलोन मस्कले यो सुरुङ केवल २० अर्ब डलरमा बनाउन सक्छन्। एट्लान्टिक महासागरमुनि यो सुरुङ बनाउने बारेमा धेरै वर्षदेखि छलफल भइरहेको छ। यो सुरुङ निर्माणको उद्देश्य हवाई मार्गभन्दा कम समयमा दुई देशहरू बीच पुग्नु हो। वास्तवमा, हाइपरलूप रेल शुरु गर्न यो सुरुङ निर्माण गर्ने कुरा भइरहेको छ। हाइपरलूप एक उच्च गतिको रेल हो जुन ट्युबमा रहेको भ्याकुममा चल्छ। यो प्रस्ताव पनि एलोन मस्कले ल्याएका थिए। हाइपरलूप रेलका धेरै मोडेलहरू प्रस्तुत गरिएका छन्, तर अहिलेसम्म कुनै पनि हाइपरलूप हाई-स्पीड रेल शुरु गरिएको छैन। यो सुरुङ निर्माण र यहाँ हाइपरलुप रेल सुरु भएपछि न्यूयोर्कदेखि लन्डनसम्मको लगभग ५००० किलोमिटरको दुरी केवल एक घण्टामा पूरा हुने विश्वास गरिएको छ। ट्रान्स एट्लान्टिक सुरुङ निर्माणमा धेरै चुनौतीहरू सामना गरिरहेका छन्। यसअघि पनि लागत र अन्य कारणले गर्दा यो सुरुङ निर्माणको काम कार्यान्वयन हुनसकेको थिएन। बेन्जिङ्गाका अनुसार यो सुरुङ निर्माण गर्न उच्च प्रविधिको आवश्यकता पर्नेछ। मस्कले सुरुङ निर्माणको जिम्मेवारी लिए पनि, सुरुङको लागि अहिलेसम्म कुनै ठोस योजना, सरकारी स्वीकृति वा कोष विनियोजन गरिएको छैन।










