च्याम्पियन्स ट्रफीलाई वानखेड़े स्टेडियममा ल्याउने कप्तान रोहितको इच्छा

IMG-20250120-WA0199

मुम्बई: भारतीय टेस्ट र वनडे टीमका कप्तान रोहित शर्माले बताएअनुसार, गत वर्ष जुलाईमा वानखेड़े स्टेडियममा उनी अनि उनका साथी खेलाड़ीहरूका स्वागतको निम्ति नीलो समुद्र जस्तो भेला भएको प्रशंसकहरूका जमघटलाई देखेपछि टी२० वर्ल्ड कपको व्यापकताको अनुभव भएको थियो। आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम चरणमा पुगिसेकका भारतीय कप्तान यसपाली १९ फरवरीदेखि पाकिस्तान र दुबईमा हुने आईसीसी च्याम्पियन्स ट्रफीलाई जितेर प्रशंसकहरूलाई एकपल्ट फेरि त्यही अनुभव दिन चाहन्छन्। भारतले यसअघि २०१३-मा च्याम्पियन्स ट्रफीको खिताब जितेको थियो। वानखेड़े स्टेडियमको ५० साल पूरा भएकोमा मुम्बई क्रिकेट संघद्वारा आयोजित भव्य समारोहमा रोहितले उनको इच्छा टी२० वर्ल्ड कप जीतको जस्तै अझ एउटा खुशीको क्षण प्रशंसकहरूसँग साझा गर्ने रहेको बताए। उनलाई कुन समय भारतले वर्ल्ड कप जितेको वास्तवमा अनुभव भएको थियो भनी प्रश्न गरिँदा रोहितले भने, यहाँ जीतको खुशीयाली मनाएर भोलि बिहान उठ्दा मलाई अनुभव भएको थियो। त्यो अलग जोशले भरिएको साँझ थियो। त्यस विजयोत्सवको भोलिपल्ट उठेर मलाई हामीले जे पनि गऱ्यौं त्यो धेरै खास थियो भन्ने अनुभव भयो। वर्ल्ड कप जित्नु अलग कुरा हो अनि आफ्ना मानिसहरूसँग त्यसको खुशीयाली साझा गर्नु अलग कुरा हो। हामी साधारणत जीतको खुशीयाली साथी खेलाड़ीहरूसँग मनाउँछौं तर हजारौंको संख्यामा मानिसहरूसँग जीतको खुशीयाली साझा गर्ने अनुभव मलाई मुम्बई आएपछि थाहा लाग्यो। यसको साथमा भारतीय कप्तानले उनको टीम च्याम्पियन्स ट्रफीको तयारीमा जुटेको अनि टुर्नामेण्टमा असल प्रदर्शन गर्दै ट्रफीलाई प्रतिष्ठित वानखेड़े स्टेडियममा ल्याउने प्रयास गर्ने बताए। उनले भने, हामी अझ एउटा टुर्नामेण्ट शुरु गर्नेछौं। हामी दुबई पुग्दा १४० करोड़ भारतवासीको शुभकामना साथमा रहने हामीलाई थाहा छ। हामी ट्रफीलाई वानखेड़ेमा ल्याउने हरसम्भव प्रयास गर्नेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement