यदि सबै दोषीहरूलाई सजाय दिइएन भने अदालतप्रति मानिसहरूको भरोसा नै रहनेछैन: दिलीप घोष

bba789c59355fd3ae4447f676c0a2a82_1137006720

बर्दवान: आरजी कर अस्पताल दुष्कर्म औ हत्याकाण्डमा सियालदहको एक अदालतले आरोपी सञ्जय रायलाई दोषी ठहराएको छ। भोलि सोमवारको दिन अदालतले दोषीको सज़ाय घोषणा गर्नेछ। अदालतको फसेलापछि राज्यको राजनीतिमा तीव्र भूइँचालो आएको छ।यसबीच भाजपा नेता दिलीप घोषले आर.जी. कर अस्पताल मामिलामा अदालतको फसेलालाई लिएर आफ्नो मत व्यक्त गरेका छन्। उनले भने, यस मामिलामा सबै दोषीहरूलाई दण्डित गरिनुपर्छ। नत्र आम मानिसहरूको अदालतप्रति विश्वास हराउनेछ। आइतवार दुर्गापुरमा प्रातः भ्रमण अवधि भाजपाका पूर्व प्रदेश अध्यक्षले उक्त मन्तव्य व्यक्त गरे।
उनले अझ भने, आर.जी. कर अस्पताल मामिलामा ठूलो षड़यन्त्र भएको छ। यसको चाँड़ै नै खुलासा हुनुपर्छ। सीबीआईले घटनाको जाँच गरिरहेको छ। अदालतको आदेशानुसार जाँच गरिनुपर्छ। केन्द्रिय जाँच एजेन्सीले यो पत्तो लगाउनुपर्छ कि यस घटनामा को-को सामेल छ।उल्लेखनीय छ, आर.जी. कर अस्पताल मामिलामा गए शनिवार अदालतको फसेलालाई सबै राजनीतिक दलहरूले स्वागत गरे। जबकि कतिपय मानिसहरूले यो स्वीकार गर्न सकिरहेका छैनन् कि यस निर्मम घटनामा सञ्जय राय एक्लै सामेल थिए। सबैले न्यायको माग गरिरहेका छन्। कुरा यही नै सकिँदैन। जुन मानिसहरू आरोपी छन्, तिनीहरूलाई चिन्हित गर्ने अनि दण्डित गर्ने माग उठ्न थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement