सारस व्यापार मेलामा डाफे मुनाल नृत्य प्रतियोगिता सम्पन्न

IMG-20250119-WA0226

जोरथाङ: जोरथाङमा चलिरहेको १४औं सिक्किम सारस व्यापार मेलामा डाफे मुनाल नृत्य प्रतियोगिता सम्पन्न भयो। स्मरण रहोस्, जोरथाङमा गत १४ जनवरीदेखि शुरु भएको ऐतिहासिक माघे मेलाको अवसरमा दश दिवसीय सारस व्यापार मेला पनि सामेल रहेको छ। उक्त नृत्य प्रतियोगितका त्यही सारस व्यापार मेलाको एक हिस्सा हो। जसले सिक्किम र अन्य राज्यहरूबाट आएका स्वयं सहायता समूहहरूबीच प्रतिभा प्रदर्शनीको अवसर प्रदान गरेको छ। सिक्किम सारस व्यापार मेला सिक्किम ग्रामीण जीविकोपार्जन मिसनद्वारा प्रदान गरिएको एक मञ्च हो। यसमा सिक्किम र सिक्किम बाहिरका राज्यहरूबाट स्वयं सहायता समूहहरू आफ्ना उत्पादनहरू प्रदर्शन र बेच्न भाग लिन आउने गरेका छन्। यस प्रकारको कार्यक्रमले सांस्कृतिक आदानप्रदान, आर्थिक वृद्धि र सामुदायिक अन्तरक्रियाको लाभ पनि दिँदै आएको देखिएको छ। यसले स्वयं सहायता समूह सदस्यहरूलाई एकअर्काबाट सिक्ने र ठूलो बजारमा एक्सपोजर प्राप्त गर्ने अवसर प्रदान गरेको छ। यस वर्ष, कार्यक्रममा सहभागीहरूमा बाहिरबाट आएका प्रतिनिधिहरुको उत्साह अधिक देखिएको थियो। यस वर्ष स्वयं सहायता समूह सदस्यहरूको प्रतिभा प्रदर्शन गर्न र उनीहरूको मनोबल बढाउन एक कदम अगाडि बढेर यस प्रकारको कार्यक्रम आयोजन गरेको थियो। यही क्रममा गत १६ जनवरीको दिन स्वयं सहायता समूहका सदस्यहरूका लागि द भ्वाइस अफ एसएचजी गायन प्रतियोगिता पनि राखिएको थियो। यस्तैगरि सारस मेलामा पहिलोपल्ट डाफे मुनाल नृत्य प्रतियोगिता सामेल गरिएको थियो। प्रतियोगितामा कुल १२ जना सहभागीहरूले भाग लिएका थिए। यसमध्ये असम र त्रिपुराका दुई जना कलाकारले आफ्नो पारम्परिक नृत्य प्रस्तुत गरे सबैलाई आकर्षित बनाएका थिए। अन्य कलाकारहरुले नेपाली, लेप्चा र गुरुङ नृत्यहरू पेश गरेका थिए। नृत्य प्रतियोगिता केवल एक प्रतियोगिता मात्र नभएर प्रतिभा, संस्कृति र सशक्तिकरणको उत्सव भएको बनाइ आयोजक समितिको छ। प्रतियोगितामा चुम्बुङ ब्लक २ बाट सुनिता राई, राक्दोङ-तिन्तेक ब्लक ३ बाट रञ्जना शर्मा र राभाङला ब्लकबाट एलिशा लेप्चालाई क्रमैले पहिलो, दोस्रो र तेस्रो घोषणा गरियो। डाफे मुनाल नृत्य प्रतियोगिताले कसरी सांस्कृतिक कार्यक्रमहरूले समुदायलाई समृद्ध बनाउँदै व्यक्तिहरूलाई उत्थान र प्रेरणा दिनसक्छ त्यसको प्रमाण पेश गरेको छ। कार्यक्रमले मनोरञ्जन मात्र प्रदान नगरेर सहभागीहरूलाई सशक्त बनाउने दिशामा काम गरेको उल्लेख गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement