सोरेङ: आगामी २७ जनवरीको दिन यहाँको जौंटार स्टेडियममा आयोजना गरिएको राज्यस्तरीय सोनाम लोछार समारोहको तयारी अहिले युद्धस्थतमा भइरहेको छ। यसै क्रममा तयारीको जायजा लिन स्वंय मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि आज जौंटार पुगेका थिए। यस अवसरमा मुख्यमन्त्रीले समारोह आयोजक समितिका सदस्यहरूलाई भेटेर तयारी बारे जानकारे लिए।
उल्लेखनीय छ, तामाङ जातिको प्रमुख पर्व सोनाम लोछार यस वर्ष राज्यस्तरीय समारोहको रुपमा २७ जनवरीको दिन सारेङको जौंटारस्थित नवनिर्मित स्टिडियममा भव्यरुपमा पालन गरिने भएको छ। कार्यक्रममा छिमेकी राष्ट्र नेपालबाट ख्यातिप्राप्त गायक साथै स्थानीय कालाकारहरूले प्रस्तुती दिने भएको छ भने कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित रहनेछन्।
राज्यस्तरीय सोनाम लोछारको तयारी सही ढङ्गमा भइरहेको सुनिश्चित गर्न आज मुख्यमन्त्री जौंटार स्टेडियम पुगेका थिए। कार्यक्रमको भव्यतालाई ध्यानमा राखेर तयारीमा कुनै प्ररकारको सम्झौता नगर्ने मुख्यमन्त्रीले आयोजक समितिलाई निर्देश दिएका छन्।









