वित्त आयोगका अध्यक्ष डा. पनगढ़ियाले गरे रुम्तेक गुम्बाको दर्शन

IMG-20250119-WA0223

गान्तोक: राज्यको पाँच दिवसीय आधिकारिक भ्रमणमा आज मात्र गान्तोक आइपुगेका भारत सरकारको १६औं वित्त आयोगका अध्यक्ष डा. अर्विन्द पनगढ़िया र अन्य सदस्यहरूले आज अपराह्न गान्तोक जिल्लाको रुम्तेक क्षेत्रको साजोङमा अवस्थित रुम्तेक गुम्बा, नालान्दा संस्थान र सिम्बोडियम अर्किड विकास केन्द्रको भ्रमण गरे।
डा. पनगढ़िया र उनका सहयोगीहरूले सर्वप्रथम रुम्तेक गुम्बामा दियो बालेर प्रार्थना गर्नुको साथै बौध भिक्षहरूबाट आशिर्वाद लिए। त्यसपथि छेवैमा अवस्थित कर्म श्री नालन्द उच्च बौद्ध अध्ययन केन्द्रको पनि भ्रमण गरे। अन्तमा वित्त आयोगको प्रतिनिधि टोली त्यसै क्षेत्रमा अवस्थित सिम्बेडियम अर्किड विकास केन्द्र पुगेको थियो।


वित्त आयोगका प्रतिनिधिहरू रुम्तेक पुग्दा सिक्किम सरकारको धर्म विभागका सहायक निर्देशक हिस्से वाङ्गचुक भोटियाले स्वागत जनाएका थिए। उल्लेखनीय छ, वित्त आयोगको प्रतिनिधि टोली आगामी २३ जनवरीसम्म सिक्किममा रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement