नक्सलबारी: गरिब बालबालिकाहरुलाई लिएर समाजसेवी विद्युत दासले बनभोजको आयोजना गरेका थिए। आइतबार नक्सलबारीको रथखोलामा विद्युतले ७०० जना गरिब बालबालिका र वृद्धवृद्धालाई लिएर बनभोज मनाए। नक्सलबारीको रथखोला टुक्रियाझार वन विभागसँग जोडिएको मैदानमा पिकनिक आयोजना गरिएको थियो। यस दिन गरिब बालबालिका बाहेक ज्येष्ठ नागरिकहरुको पनि उपस्थिति रहेको थियो। ति गरीब नानीहरु र समाजका ज्येष्ठ नागरिकहरुलाई खुसी राख्न यो पहल गरिएको उनले बताए। यो पिकनिक विगत ११ वर्षदेखि आयोजना हुँदै आएको छ। यस दिन बालबालिकाहरुले खाने, पिउने, गीत संगीत र खेल खेलेर रमाइलो गरेका थिए। खाना बाहेक विभिन्न खेलको आयोजना गरिएको थियो। साथै सबै बालबालिकालाई पुरस्कृत गरिएको थियो।