खरसाङ नगरपालिका क्षेत्रको हाउजिङ फर अल योजनाको लाभार्थीहरुलाई लिएर सरकारी तौरमा सभा हुने

IMG-20250119-WA0211

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा रहेका हाउस फर अल योजनाका लाभार्थीहरुलाई लिएर सोमवार 20 जनवरीमा हुने सरकारी सभामा कुनै कागज पत्रहरु ल्याउनु नपर्ने जानकारी खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्‌। उनले आज खरसाङमा‌ पत्रकारहरुलाई सम्बोधन गर्दै यो सभा लाभार्थीहरुलाई लिएर शयोजना गरिएको र यसमा घरसित लाभार्थीको फोटो चाहिन्छ भन्ने कुरा अफवाह मात्रै रहेको बताएका छन्। उनले लाभार्थीहरुको कागज पत्रहरु सबै नगरपालिकासित रहेको र लाभार्थीहरुसित केवल ब्यांक खाता मात्रै रहेको बताएका छन्। उनले यो सभा सरकारी तौरमा आयोजना गरिएकोले लाभार्थीहरुले हाउस फर अल योजना अन्तर्गत के कति पैसा पाएका छन् अनि कति पाउनु पर्ने विषयमा विशेष रुपमा चर्चा परिचर्चा गरिने जानकारी गराएका छन्। उनले यो सभा सरकारी तौरमा आयोजना गरिने भएको र यस सभामा खरसाङ नगरपालिकाको हाउजिङ फर अल योजनाको लाभार्थीहरु, जीटीएको प्रमुख कार्यपाल अनित थापा, खरसाङ महकुमा शासक, खरसाङ नगरपालिकाको चेयरम्यान, ब्रिगेन गुरुङ भाइस चेयरम्यान सुवास प्रधान र विभागीय अधिकारीहरु उपस्थित रहने जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement