खरसाङ: युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको बाह्रौं संस्करण आइतवारदेखि शुरु भयो। आज चानमारी खेल मैदानमा भएको टुर्नामेण्टको उद्घाटन म्याचमा गड़वाल राइफल्स, कलकत्ताले राजगञ्ज वेलफेयर एसोसिएशनविरुद्ध २-१-ले रोमाञ्चक जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट टी जे सिंहले ५८औं र आर रजाकले ९०औं मिनटमा गोल गरे। यसरी राजगञ्ज वेलफेयर एसोसिएशनको तर्फबाट जयहरि बर्मनले दोस्रो मिनटमा पेनल्टीबाट गोल गरे। टी जे सिंहले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। सोमवार खेलिने म्याचमा दार्जीलिङ पुलिस र सिलगढ़ी युनाइटेड फूटबल क्लबबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र कलकत्ताको टीम पनि सामेल छन्। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३० र ३१ जनवरीमा हुनेछ। यसरी फाइनल २ फरवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।