लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा खिताब जित्ने रेसमा सबैभन्दा अघि रहने लिभरपूलले जीतको लय हासिल गऱ्यो। यसबीच आर्सनल चाहिँ ड्र-मा रोकियो। प्रीमियर लीगमा गत २ वटा म्याचमा ड्र-मा रोकिने लिभरपूलले शनिवार राति खेलिएको म्याचमा ब्रेण्टफोर्डविरुद्ध रोमाञ्चक जीत २-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूललाई म्याच जित्न निक्कै मेहनत गर्नु पऱ्यो कारण ९० मिनट समाप्त हुँदासम्म पनि दुवै टीमले गोल गर्न सकेको थिएन। त्यसपछि म्याच समाप्त हुन ठीक अघि इञ्ज्युरी टाइमको खेलमा डार्विन नुनेजले दिलाएको २ गोलले लिभरपूल जीत हासिल गर्न सफल भयो। अनुभवी फरवर्डले इञ्ज्युरी टाइमको पहिलो अनि तेस्रो मिनटमा गोल गरे। यस जीतको साथै लिभरपूल २१ वटा म्याचमा ५० पोइण्ट्सको साथ प्रीमियर लीग टेबलको शीर्ष स्थानमा मजबूतीको साथ कायम रह्यो।
लिभरपूलले रोमाञ्चक जीत हासिल गरे पनि आर्सनल चाहिँ एस्टन भिल्लाविरुद्ध म्याचमा निराशाजनक ड्र-मा रोकियो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनल म्याचको अधिकांश समय नै २-०-को बढ़तमा रहेको थियो तर एस्टन भिल्लाले पनि पछिबाट केवल ८ मिनटभित्र लगातार २ गोल गरी होम टीमलाई स्तब्ध पाऱ्यो। म्याचमा आर्सनलबाट गेब्रिएन मार्टिनेल्लीले ३५औं र काई हावेर्त्जले ५५औं मिनटमा गोल गरे। यसरी एस्टन भिल्लाबाट यौरी टेलेमान्सले ६०औं र ओली वाट्किन्सले ६८औं मिनटमा गोल गरे। यस ड्र पछि आर्सनल २२ वटा म्याचमा ४४ पोइण्ट्सको साथ दोस्रो स्थानमा कायम रह्यो। यसरी एस्टन भिल्ला ३६ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। प्रीमियर लीगका अन्य म्याचहरूमा फूलह्यामले लिस्टर सिटीलाई २-०-ले, क्रिस्टल प्यालेसले वेष्ट ह्यामलाई २-०-ले अनि बोर्नमाउथले न्यूक्यासललाई ४-१-ले पराजित गऱ्यो।