रोहितको कप्तानीमा च्याम्पियन्स ट्रफीको टीममा बुमाह-शमी दुवैलाई स्थान

IMG-20250119-WA0001

नयाँ दिल्ली: लामो समयदेखि रन बनाउन नसके पनि सीनियर ब्याटर रोहित शर्माले आईसीसी च्याम्पियन्स ट्रफीमा भारतीय टीममा कप्तानको पदमा कायम राखिएको छ । भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले शनिवार दिउँसो भएको बैठकपछि ईंग्ल्याण्डविरुद्ध घरेलु वनडे सीरीज अनि च्याम्पियन्स ट्रफीको निम्ति टीमको घोषणा गऱ्यो। बीसीसीआईको मुख्यालयमा मुख्य चयनकर्ता अजीत अगरकरको साथमा कप्तान रोहित शर्माको उपस्थितिमा टीमको घोषणा गरियो। आईसीसी च्याम्पियन्स ट्रफी १९ फरवरीदेखि शुरु भएर ९ मार्चसम्म चल्नेछ। त्यसअघि भारतले ईंग्ल्याण्डविरुद्ध घरेलु वनडे सीरीजमा हिस्सा लिनेछ। च्याम्पियन्स ट्रफीको निम्ति चयन गरिएको टीममा पेस बलर जसप्रीत बुमराह र मोहम्मद शमी दुवैलाई सामेल गरिएको छ। टीममा सामेल गरिए पनि बुमराहको उपलब्धि उनको फिटनेसमाथि निर्भर रहनेछ। च्याम्पियन्स ट्रफीमा भारतले आफ्नो सबै म्याच दुबईमा खेल्नेछ। यसबीच फर्ममा रहने विकेटकीपर ब्याटर सञ्जु सेमसनलाई चाहिँ च्याम्पियन्स ट्रफीको टीममा स्थान प्राप्त भएन। यसरी पेस बलर मोहम्मद सिराज र अलराउण्डर नीतीश कुमार रेड्डी पनि टीममा स्थान बनाउन असफल रहे। मुख्य चयनकर्ता अजीत अगरकरले ईंग्ल्याण्डविरुद्ध वनडे सीरीज र च्याम्पियन्स ट्रफी दुवैको अवधि शुभमन गिल टीमको उपकप्तान रहने घोषणा गरे। चयनकर्ताहरूले गत वनडे वर्ल्ड कपमा सामेल अधिकांश खेलाड़ीहरूलाई नै च्याम्पियन्स ट्रफीमा मौका दिएका छन् । नयाँ खेलाड़ीहरूका रूपमा केवल यशस्वी जयसवाल, अर्शदीप सिंह र वाशिंगटन सुन्दर सामेल छन् । टीममा स्पिनर कुलदीप यादवलाई पनि सामेल गरिएको छ, जसलाई अष्ट्रेलिया यात्राको ठीक अघि चोट लागेको थियो। यसरी अष्ट्रेलियाविरुद्ध पाँचौं टेस्ट म्याचको अवधि चोटग्रस्त हुने पेस बलर बुमराहलाई टीममा सामेल गरिएको छ। यसरी ईंग्ल्याण्डविरुद्ध ३ वटा म्याचको वनडे सीरीजको पहिलो दुईवटा म्याचमा बुमराह टीममा रहनेछैनन्। पहिलो दुईवटा म्याचको निम्ति हर्षित राणालाई टीममा राखिएको छ। च्याम्पियन्स ट्रफीको ग्रुप ए-मा भारतसँग वर्तमान च्याम्पियन पाकिस्तान, न्यूजील्याण्ड र बंंग्लादेश रहेको छ। च्याम्पियन्स ट्रफी अघि भारतले ईंग्ल्याण्डविरुद्ध घरेलु वनडे सीरीज खेल्नेछ, जसको पहिलो म्याच ६ फरवरीको दिन नागपुरमा खेलिनेछ।
च्याम्पियन्स ट्रफीको निम्ति चयन गरिएको भारतीय टीम यसप्रकार छः
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जयसवाल, विराट कोहली, श्रेयस अय्यर, रिषभ पन्त (विकेटकीप), केएल राहुल (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शमी र अर्शदीप सिंह

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement