घरमा चोरी

IMG-20240717-WA0003

गान्तोक: रानीपुल थाना क्षेत्र अन्तर्गत ५ माइल तादोङमा स्थानीय एक व्यक्तिको घरमा चोरी भएको छ। अज्ञात व्यक्ति (हरू) ले घरबाट नगदसहित बहुमूल्य गर गहनाहरू चोरी गरेको छ।
पुलिस रिपोर्ट अनुसार, घटना १६ जनवरी राति ६ बजीदेखि ९ बजीबीच घटेको हो। अज्ञात व्यक्ति (हरू) घरको दैलो तोडेर घरभित्र पसे अनि चोरी गरे। घरबाट सूनको नेकलेस, औंठी, कानको कुण्डल, ५ हजार नगद, लेदरको ज्याकेट, पावर ब्याङ्क, फोन लगायत अन्य सामग्रीहरू चोरी गरिएका छन्।
चोरी गरिएका गहनाको अनुमानित मूल्य लगभग ३ लाख रूपियॉं रहेको बताइएको छ। पुलिसले अज्ञात व्यक्ति (हरू) विरुद्ध मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement