वाहन दुर्घटनाका पीडित परिवारसॅंग मन्त्री भोटियाले गरे भेट

IMG-20240717-WA0003

गान्तोक: योक्सम टाशीडिङ निर्वाचन क्षेत्रका विधायक एवम् पर्यटन विभाग मन्त्री छिरिङ टी भोटियाले आज सडक दुर्घटनामा परि ज्यान गुमाउने पीडित परिवारसँग भेट गरे। उनले यस दुःखद घडीमा शोक सन्तप्त परिवारलाई इश्वरले सहन गर्ने शक्ति प्रदान गरुन् भन्दै आफू सदैव उनीहरूको पक्षमा रहेको बताएका छन्।
उल्लेखनीय छ, हिजो गेजिङ जिल्ला अन्तर्गत योक्सम टाशीडिङ निर्वाचन क्षेत्रको गेरेथाङ र तिन्जिरिङबीच एउटा अल्टो वाहन दुर्घटनाग्रस्त हुँदा वाहनमा सवार पाँच जनाले ज्यान गुमाएका थिए। दुर्घटना गेरेथाङदेखि अप्पर चोङराङ गइरहेको समय भएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement