मन्त्री सुब्बा फुटसल प्रतियोगितामा सहभागी

IMG-20250118-WA0271

गान्तोक: राज्यका भवन तथा आवास विभागीय मन्त्री भीमहाङ सुब्बा ७६औ गणतन्त्र दिवसको अवसरमा तासेन्थाङमा आयोजित फुटसल प्रतियोगितामा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। छोटलुङ एकता सोसाइटीद्वारा आयोजना गरिएको यस प्रतियोगिताको पहिलो दिन चारवटा खेल सम्पन्न भएको थियो, जसमा पहिलो खेल फाकताङलुङ थुबो लुङगाङ बनाम डाँड़ागाउँ टोपुङबीच सम्पन्न भएको थियो,जसमा डाँड़ागाउँले चार गोलको विरूद्ध पाँच गोल गर्न सफल बन्यो। सोही प्रकारले दोस्रो खेल लागे एफसी बनाम योङस्टार बोयज पारामबीच भएको थियो भने यसमा योङस्टार विजयी बन्यो। यसरी ने तेस्रो खेल सेङखोला एफसी बनाम ब्रदर्स युनाइटेड सिङपेङबीच भएको थियो भने चौथो खेल पीएचइ ताशेथाङ बना राइडर बोयज रिम्बीबीट भएकोथियो जसमा रिम्बीले दुई गोलको विरूद्ध तीन गोल गर्दै अघिलो चरणमा स्थान पक्का बनाएको छ। चरणमा स्थान पक्का बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement