मन्त्री अरूण उप्रेतीले गरे जोरथाङ माघे मेलाको अवलोकन

IMG-20250118-WA0270

गान्तोक: राज्यका ग्रामीण प्रबन्धन विकास विभागीय मन्त्री अरूण उप्रेतीले आज जोरथाङमा सञ्चालन भइरहेको माघे मेलाको भ्रमण गरे। विशेषगरि माघे मेलामा आयोजित पारम्पारिक स्टलहरूको निरीक्षण गरेका थिए। भ्रमणको क्रममा मन्त्री उप्रेतीसँग माघे मेला आयोजक समितिका प्रमुख संरक्षक एवं क्षेत्र विधाय़क मदन सिञ्चुरीलगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। यसक्रममा उनले पारम्परिक खानपान स्टलहरुको पनि भ्रमण गरे भने मन्त्रीलाई पारम्परिक ढङ्गले स्वागत गरियो। कार्यक्रममा मन्त्री उप्रेतीले सुचना तथा जनसम्पर्क विभागको पहलमा ग्रीन पार्कमा आयोजित क्रिएटीभ हबको अवलोकन पनि गरे भने जोरथाङ खेल मैदानको वरिपरि रहेका विभिन्न पारम्परिक स्टलहरूको पनि भ्रमण गरे। आजको कार्यक्रममा २० भन्दा अधिक संघ संस्थाका कलाकारहरूले विभिन्न जात जातिको संस्कृतिक नृत्य तथा झाँकीहरू प्रस्तुत गरे। आज पाँचौ दिनको कार्यक्रम दिनभरिनै अतिनै आकर्षक कार्यक्रम आयोजन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement