पाक्योङ जिल्ला प्रशासन टोलीको शुक्रबारे फिल्ड डे

IMG-20250118-WA0269

पाक्योङ: पाकिम जिल्ला प्रशासनले शुरू गरेको प्रत्येक शुक्रबारे फिल्ड भिजिटको २१औं भाग सफलतापूर्वक सम्पन्न भयो। विशेष गरेर जिल्लाअन्तर्गत विभिन्न ठाउँका बाँझो जमीनको पुनप्रयोग गर्ने दिशामा जिल्ला प्रशासनले प्रमुखता दिएको छ। शुरुमा सरकारी कर्मचारीहरू, कृषकहरू र जमीनका मालिकहरूबीच जागरूकता ल्याउने उद्देश्यले शुरू गरिएको यस अभियानले उल्लेखनीय परिणाम हासिस गरेको बताइएको छ। बाँझो जमीनमा खेतीपातीको अभियान शुरू भएपछि धेरैजनाले अहिले खेतीपाती शुरू गरेको र यसमा सम्वन्धित विभागले पनि सहयोग पुऱ्याउँदै आइरहेको उल्लेख गरिएको छ। पञ्चायतहरू र ग्रामीण-आधारित संस्थाका प्रतिनिधिहरूको प्रयासले कृषि, बागवानी र पशुपालनमा उल्लेखनीय सफलता हासिल गरेको छ। जिल्लाभरिका कृषकहरूले खेतीपातीमा रुचि राख्ने कार्य शुरु गरेको भनाइ छ। बाँझो कृषि क्षेत्रहरू पुनप्रयोग गर्दा राम्रो परिणाम आएपछि कृषकहरु गम्भीर भएको बताइएको छ। मानिसहरूमा कृषि सम्वन्धि ज्ञानको स्तर बढ्दै जाँदा कृषि क्षेत्रमा स्थानीय उत्पादकहरु सक्रिय देखिएका छन्। यसको निम्ति पञ्चायतहरूले सहयोगी भूमिका निर्वाह गरेको साथै तकनिकी सहयोग कृषक समुदायहरूसम्म पुग्नमा महत्वपूर्ण भूमिका खेलेको छ। यसरी नै सरकारी कर्मचारीहरूको सहभागिताले जागरूकता बढाउन र कृषिको महत्त्वलाई प्रवर्द्धन गर्न सहयोग पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement