मल्लीडाँड़ा पैँयू जीपीयूमा ग्रामसभा

IMG-20250118-WA0268

नाम्ची: मल्ली निर्वाचन क्षेत्रअन्तर्गत सुम्बुक खण्डको २६ मल्लीडाँड़ा पैँयू जीपीयू-मा ४०औं ग्रामसभा आज सम्पन्न भयो। सभालाई पञ्चायत अध्यक्ष प्रिसिला लिम्बूले अध्यक्षता गरेकी थिइन् भने क्षेत्र विधायक नरबहादुर प्रधान र जिल्ला पञ्चायत सदस्य नोरमित लेप्चा पर्यवेक्षकको रुपमा उपस्थित थिए। यसरी नै विभिन्न विभागका शीर्ष अधिकारीहरू, ग्राम प्लानिङ फोरम र स्ट्याण्डिङ कमिटीका सदस्यहरू साथै ग्रामसभाका सदस्यहरू उपस्थित रहेका थिए। सभामा पञ्चायत एकाउण्ट एसिस्टेन्ट नगेन्द्र छेत्रीले वित्तीय लेखाजोखा प्रस्तुत गरे भने पञ्चायत सचिव सरन प्रधानले वित्तीय वर्ष २०२५-२६ को निम्ति प्रत्येक वार्डको मागहरू प्रस्तुत गरे। विस्तृत अनि फलदायक चर्चा परिचर्चा पछि सभाले विभिन्न प्रस्तावलाई पारित गरेको छ। ग्रामसभालाई सम्बोधन गर्दै विधायक प्रधानले पञ्चायत सदस्यहरूलाई गाउँलेहरूसित मिलेर क्षेत्र र राज्यको विकासमा योगदान दिन प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement