गणतन्त्र दिवसको तयारीलाई लिएर जिल्ला प्रशासनको बैठक

IMG-20250118-WA0267

नाम्ची: आगामी ७६औं स्वतन्त्रता दिवसको तयारीलाई लिएर जिल्ला प्रशासन केन्द्रमा आज एउटा बैठक बस्यो। बैठकलाई अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङले अध्यक्षता गरेकी थिइन् जसमा नाम्चीका महकूमा अधिकारी शरन कालिकोटे, अतिरिक्त जिल्लापाल (विकास) सीपी राई, मुख्य चिकित्सा अधिकारी डा. एसएन अधिकारी साथै अन्यको विशेष उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल अतिरिक्त जिल्लापाल त्रिसाङ तामाङले नाम्चीमा आयोजना गरिने ७६औं गणतन्त्र दिवस सफलतापूर्वक आयोजना गर्न सबै सम्बन्धित विभाग र हितधारकहरू बीच असल तालमेल र सहकार्यमाथि जोर दिइन्। यसको निम्ति सबै मिलेर आ-आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उनले बताइन्। यसको साथै उनले सबै सम्बन्धित विभागलाई आ-आफ्नो जिम्मेवारीबारे पनि जानकारी गराइन्। उल्लेखनीय छ, विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जिल्ला प्रशासनिक केन्द्र परिसरमा गणतन्त्र दिवस पालन गिनेछ। कार्यक्रममा स्थानीय सर्वसाधरण अतिरिक्त युवा नेहरु केन्द्र, विभिन्न विद्यालयका विद्यार्थीहरू अनि राज्य सरकारका विभिन्न विभागका अधिकारी र कर्मचारीहरूको उपस्थिति रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement