गान्तोक: पूर्व विधायक एवं गत विधानसभा चुनाउमा तुमिन लिङ्गी समष्टिबाट उम्मेद्वार नोर्जाङ लेप्चाले सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीबाट राजीनामा दिएका छन्। हिजो उनले पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई पत्र लेखेर पार्टीको साधरण सदस्यबाट राजीनामा दिएका छन्। राजीनामा दिनुको कारण घरेलु र अन्य सामाजिक क्रियाकलमा संलग्नता रहेको लेप्चाले राजीनामा पत्रममा उल्लेख गरेका छन्।
नोर्जाङ लेप्चा एसडीएफ पार्टीबाट नै विधायक चुनिएका थिए। पछि केही समयको निम्ति उनी हालको सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चामा पनि सामेल भएका थिए। गत वर्ष सम्पन्न विधानसभा र लोकसभा चुनाउ अघि उनी पुनः सिक्किम डेमोक्रेटिक फ्रण्टमा सामेल भएर त्यसै पार्टीको टिकटमा तुमिन लिङ्गी समष्टिबाट विधानसभा चुनाउ पनि लड़ेका थिए।