रेलिंग च्याम्पियन्स ट्रफीः देवाशिषको ह्याट्रिकले जर्जियन एफसी सेमिफाइनलमा

photocollage_202511822359857

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजनमा जर्जियन फूटबल क्लबले सजिलै सेमिफाइनलमा प्रवेश गऱ्यो। शनिवार भएको तेस्रो क्वार्टर फाइनल म्याचमा जर्जियन फूटबल क्लबले सञ्जु फूटबल एकाडमी (सिक्किम)-विरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट देवाशिष राईले ह्याट्रिक गरे। अन्य एउटा गोल कुञ्जमान थापाले गरे। देवाशिष राईले प्लेयर अव् द म्याच-को ट्रफी जिते। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement