महाकुम्भमा बढ्यो ट्याटु बनाउने क्रेज

00-1-Tatoo-copy

जनवरी१३ देहि महाकुम्भ भइसकेको छ। २५ क्षेत्रमा विभाजन गरिएको मेला क्षेत्रमा सडकका दुवैतर्फ पूजापाठका सामग्री, खेलौना र चिया-नास्ताका पसलहरू सजिएका छन्। मेलामा ट्याटु आर्टिस्ट र तिनका रंगीचंगी पसलहरू आकर्षणको केन्द्र बनेका छन्। महाकुम्भमा सहभागी हुन आएका श्रद्धालु, विशेषगरी युवा, शिवका विभिन्न रूपहरूमा ट्याटु बनाइरहेका छन्। साधु-सन्तहरूले पनि भगवानका चित्र र धार्मिक चिह्नहरू हात र बाहुमा गुदाइरहेका छन्। महाकालको ट्याटु बनाउने यस्तो क्रेज छ कि कोही हातमा, कोही घाँटीमा, कोही बाहुमा त कोही ढाडमा महाकाल, महादेव, ॐ नमः शिवाय, हर हर महादेव, भोलेनाथ, त्रिशूलजस्ता ट्याटु बनाइरहेका छन्। १३ जनवरीदेखि २६ फरवरीसम्म चल्ने यस मेलामा करिब ४५ करोड तीर्थयात्रीहरू आउने अनुमान गरिएको छ। काशीबाट आएका राहुल पाण्डे लामो समयदेखि ट्याटु बनाउने योजना गरिरहेका थिए, तर महाकुम्भमा आएपछि उनले भोलेबाबाको डिजाइनलाई रोजे। राहुल मात्र होइन, विभिन्न वर्गका मानिसहरू महाकालको नाम र रूपलाई ट्याटुका माध्यमबाट आफ्नो भक्तिभाव देखाइरहेका छन्। महाकुम्भमा आएका धेरै श्रद्धालु आफ्नो मनपर्ने डिजाइन र चित्रका ट्याटु बनाइरहेका छन्। चण्डीगढबाट आएका आदित्यले बाहुमा महाकालको ट्याटु बनाएका छन् भने कन्नौजबाट आएका सुमितले दायाँ हातमा आफ्नो नाम गुदाएका छन्।

त्रिवेणी क्षेत्रमा ट्याटु पसल सञ्चालन गर्ने राजस्थानका राजेश भन्छन्, ‘महाकुम्भमा ट्याटु बनाउने मानिसहरूको भीड छ। मम्मी’, ‘ड्याडर आफ्नो नामका ट्याटु पनि धेरैले बनाइरहेका छन्।‘राजेशले भने, ‘२५० ,रुपियाँमा हातमा महाकाल लेखिन्छ। हामीले ५० देखि २५०० रुपियाँसम्मका ट्याटु बनाउँदै आएका छौं। अहिले सबैभन्दा बढी माग महाकालको छ।‘ त्रिवेणी क्षेत्रमा नै ट्याटु पसल चलाउने राजु भन्छन्, ‘युवाहरू आफ्नो नाम, मम्मी र ड्याडका ट्याटु बढी बनाउँछन्। धेरैले आफ्नो मनपर्ने डिजाइन र चित्रका ट्याटु बनाइरहेका छन्। नामको एक अक्षर २० रुपियाँमा लेखिन्छ। हामीले ५० देखि ८०० रुपियाँसम्मका ट्याटु बनाउने गरेका छौं।‘ लोअर संगम रोडमा ट्याटु पसल चलाउने मदन भन्छन्, ‘युवाहरू महाकाल र मम्मीको ट्याटु बनाइरहेका छन्। साधु-सन्तहरू पनि महाकाल, त्रिशूल र ॐका ट्याटु बढी बनाउँछन्।‘ ओल्ड जीटी रोडमा ट्याटु आर्टिस्ट कौशलले भने, ‘धेरै मानिसले महाकाल र आफ्नै नामका ट्याटु बनाउँछन्। ठूला डिजाइनका ट्याटु बनाउन १ देखि डेढ घण्टा लाग्छ। हामीले १०० देखि १५०० रुपियाँसम्मका ट्याटु बनाउँदै आएका छौं।‘ मोरी मार्गमा ट्याटु पसल चलाउने अरविन्दले भने, ‘केही मानिस टेम्पररी ट्याटु बनाउँछन् भने केही परमानेन्ट। प्रायः युवाहरू टेम्पररी ट्याटु बनाउन रुचाउँछन्।‘

कुम्भ क्षेत्रमा रहेको शंकराचार्य मार्गका सीनियर ट्याटु आर्टिस्ट रमेश भाई भन्छन्, ‘ट्याटु बनाउने विभिन्न कारणहरू छन्। आदिवासीहरूले यसको धार्मिक महत्वका कारण ट्याटु बनाउँछन् भने शहरी क्षेत्रका मानिसहरू फेसनका लागि बनाउँछन्। भगवानप्रतिको आस्था बढ्दै जाँदा मानिसहरूले भगवानका नक्सा र नामका ट्याटु बनाइरहेका छन्। केहीले प्रेमी-प्रेमिकाका नाम पनि शरीरमा गुदाउँछन्। त्यस्तै, कतिपयले आफ्ना अभिभावक वा मित्रहरूको सम्झनामा पनि ट्याटु बनाउँछन्। कुम्भमा महाकालको ट्याटु धेरै लोकप्रिय छ।‘ छाला रोग विशेषज्ञ डा नेहा शर्माले भनिन्, ‘ट्याटु बनाउनु गलत होइन, तर यसलाई बनाउने बेला विशेष ध्यान दिनुपर्छ। यसलाई हाइजिनिक र अनुभवी व्यक्तिबाट मात्र बनाउनुहोस्। नत्र यो शौक खतरनाक पनि हुनसक्छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement