टिस्टा: टिस्टा बाढ पिढितहरूको क्षयक्षतिको पुन: सर्वेक्षण विषय लिएर पिढितपक्षसँग सभा सम्पन्न भएको छ। सभामा पुन: सर्वेक्षणको मांगलाई जीटीएद्वारा आधिकारिक रूपमा स्वीकार गर्दै एनएचपीसीलाई पत्राचार गरिएकोमा बाढ पिढितहरूद्वारा जीटीए साथै जीटीएको प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद प्रकट गरेको जनाइएको छ। क्षेत्रीय सभासद मणिप्रसाद राईको अध्यक्षतामा सम्पन्न सभामा व्यक्तिहरू उपस्थित रहेका थिए।

सभामा जीटीएको प्रतिनिधिको रुपमा विशाल राई, बाढ पिढित प्रतिनिधिमा संतोष प्रधान,पञ्चायत प्रधान सोङमित लेप्चा, पञ्चायत समिति सदस्या कविता खाती, पञ्चायत सदस्याहरु योगिता छेत्री, ज्योति विश्व र भागोप्रमो पार्टीको प्रतिनिधिहरु क्रमैले रोशन भुजेल, सुरज छेत्री, अशोक थापा र सुरेन लोहोर आदि उपस्थित रहेका थिए।