पहिलो सांगठनिक सभा मालुटार र सिमरिङमा सम्पन्न
खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिद्वारा शनिबारदेखि शाखा पसौं अभियान शुरु गरेका छन्। उक्त शाखा पसौं अभियान अन्तर्गत भागोप्रमो तीनधारे महानदी समष्टिको पहिलो सांगठनिक सभा मालुटार र सिमरिङमा सम्पन्न भएको छ। यस अन्तर्गत मालुटारमा सम्पन्न सांगठनिक सभाको अध्यक्षता प्रह्लाद छेत्रीले गरेका थिए भने सभालाई नरेस राईले सञ्चालन गरेका थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, समष्टिकाे सांगठनिक सचिव सीबी राई, समष्टिकाे प्रवक्ता बिपन विश्वकर्म, नारी शक्ति समष्टि सभापति निरा प्रधान, कुमार छेत्री र ईस्कार लामा आदिले वक्तव्य राखेका थिए। त्यसरी नै अर्को सांगठनिक सभा सिमरिङमा सम्पन्न भएको छ। उक्त सभालाई राजु लामाले अध्यक्षता गरेका थिए भने सभालाई कमल सुब्बाले सञ्चालन गरेका थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, पञ्चायत समिति सदस्या अनिरा वाईबा, दिवस वाईबा, राजीव तामाङ आदिले वक्तव्य राखेका थिए। सभामा वक्ताहरुले भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधि, शाखा पसौं अभियानको उद्देश्य र औचित्य, विभिन्न शाखाहरुमा शाखा कमिटीहरु गठन गर्नु पर्ने साथै शाखा स्तरमा भागोप्रमोलाई सांगठनिक रुपमा बलियो बनाउने तथा हरेक शाखामा भागोप्रमोको भातृ संगठनहरु गठन गरिनु पर्ने कुरामा जोड दिएका थिए।

सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको पदाधिकारीहरु, नारी शक्ति, युवा शक्ति, ट्रेड युनियन, शिक्षक संगठनका पदाधिकारीहरु उपस्थित रहेका थिए। भागोप्रमो तीनधारे महानदी समष्टिको सांगठनिक सभा र शाखा पसौं अभियान साथै विभिन्न शाखा कमिटीहरु गठन गरिने कार्य सम्पन्न गरिने जानकारी प्राप्त भएको छ। आजको शाखा पसौं अभियान साथै सांगठनिक सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म र सिमरिङबाट दिवस वाईबाले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान शुरु भएको र पहिलो दिन मालुटार र सिमरिङमा सांगठनिक सभा सम्पन्न भएको जानकारी गराएका छन्। अब भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान साथै सांगठनिक सभा लगातार रुपमा हुने बताएका छन्। यसको साथै तीनधारे महानदी समष्टिकाे २२ वटै बुथहरुमा सांगठनिक सभाहरु आयोजना गरिने भएको र शाखा कमिटीहरु पनि गठन गरिने जानकारी गराएका छन्।









