जनवरी २३ देखि सिलगढीमा “फूल मेला”

IMG-20250118-WA0222

सिलगढी: सिलगढीमा “फूल मेला २०२५” शुरु हुँदैछ। यो फूल मेला सिलगढी विधान मार्केट व्यापारी संघले जनवरी २३ देखि जनवरी २६ सम्म सिलगढीको विधान बजार अटो स्ट्यान्डमा आयोजना गर्नेछ। हरेक वर्ष जस्तै यस वर्ष पनि फूल मेलामा विभिन्न प्रकारका फूलका बिरुवा र फूल प्रदर्शनी आयोजना गरिने आयोजकले शनिबार बताएको छ। यहाँ विशेष फलफूल र सब्जीका बिरुवाहरू पनि उपलब्ध हुनेछन्। यसका साथै, आयोजकहरूले यस मेलामा फूल प्रेमीहरूलाई नि:शुल्क फूलका बिरुवाहरू प्रदान गरिने घोषणा गरेका छन्। यस चार दिने फूल मेलामा हरेक दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछ।

About Author

Advertisement