विराट कोहलीले घरेलु क्रिकेट खेल्ने, दिल्लीको रणजी टीममा सामेल

IMG-20250118-WA0117

नयाँ दिल्ली: स्टार ब्याटर विराट कोहलीलाई सौराष्ट्रविरुद्ध राजकोटमा खेलिने रणजी ट्रफी म्याचको निम्ति दिल्लीको २२ सदस्यीय प्रारम्भिक टीममा राखिएको छ। यसबीच चोटको खबरले कोहली म्याचमा अनिश्चित बन्न पुगेका छन्। सूत्रबाट थाहालागे अनुसार, सिडनीमा अष्ट्रेलियाविरुद्ध पाँचौं टेस्ट म्याचको अवधि गर्दनमा हल्का चोट लागेको कोहलीले दिल्ली एवम् जिल्ला क्रिकेट संघलाई जानकारी दिएका छन्। अष्ट्रेलियामा टीमका फीजियोले उनको उपचार गरेका छन्। यसैकारण दिल्लीको टीममा रहे पनि कोहलीले २३ जनवरीदेखि शुरु हुने रणजी म्याच खेल्नेछन् या छैनन् भन्ने चाहिँ स्पष्ट भएको छैन। कोहलीले म्याच खेल्नेछन् या अभ्यासको निम्ति राजकोट जानेछन् या छैनन् भन्ने डीडीसीए अध्यक्ष रोहन जेटलीले बताउनेछन्। कोहलीले अन्तिमपल्ट २०१२-मा उत्तर प्रदेशविरुद्ध गाजियाबादमा रणजी म्याच खेलेका थिए। त्यसको एक सालपछि महान सचिन तेन्दुलकरले लाहलीमा हरियाणाविरुद्ध आफ्नो अन्तिम रणजी म्याच खेलेका थिए।
यसरी विकेटकीपर ब्याटर रिषभ पन्तले पनि ७ सालपछि रणजी म्याच खेल्नेछन् तर म्याचमा उनले कप्तानी गर्ने सम्भावना चाहिँ कम्ती नै छ। यसैकारण आयुष बडोनी नै टीमका कप्तान हुनेछन्। डीडीसीए-का शीर्ष अधिकारीले भने, वर्तमान कप्तानले नै टीमको अगुवाई गर्नु पर्छ भन्ने पन्तको सोच रहेको छ। उनी निरन्तर उपलब्ध नरहने हुनाले कप्तान बद्लिने आवश्यकता नरहेको पन्तले बताएका छन्। उनले भने, पन्तले कप्तानीको प्रस्तावलाई अस्वीकार गरेका छन् अनि उनी बडोनीको कप्तानीमा खेल्न तयार छन्। हामीले २२ जना खेलाड़ी चयन गरेका छौं, जसमा ५ जना अण्डर २३ खेलाड़ी छन्। उल्लेखनीय छ, बीसीसीआई-ले सबै केन्द्रीय अनुबन्धित खेलाड़ीहरूका निम्ति घरेलु क्रिकेट खेल्न अनिवार्य गरेको छ। यशस्वी जयसवालले मुम्बईको निम्ति अनि शुभमन गिलले पञ्जाबको प्रतिनिधित्व गर्नेछन्। भारतीय कप्तान रोहित शर्मा पनि मुम्बईको रणजी टीमसँग अभ्यास गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement